Siraha Times
ताजा समाचार

सिन्धुली जेलमा संगिता नवजात शिशुसहित

  • साउन २०, २०८०
  • ११५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २० । सिराहा जिल्लाको गोलबजार नगरपालिका वाडा नंवर ४ की संगिता कुमारी महतो नवजात शिशुसहित बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा जेल जीवन बिताई रहेकी छिन । अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगिता कुमारी महतोको श्रीमानलाई साहु महाजनहरुले मानसिक तनाब दिन थालेपछि श्रीमानको बेइजती देख्न नसकी उनले जनता बैंक लिमिटेड गोलबजार शाखामा रहेको उनको नामको खाता नंबर १०९१०४०५३२०२८०१ मा साहुले भुक्तानी पाउने गरी मिति २०७६/६/१० मा रु ५,५०,००० रकमको चेक नंवर ०७०६४९७९ को चेक साहुलाई दिएको थियो तर चेक अनुसारको रकम खातामा नभएपछि उनलाई बैंकिङ कसुर मुद्दामा गोलबजार नगरपालिका वाडा नंवर ४ का राम भजन महतोले बादी भई मुद्दा चलाए पछि उच्च अदालत जनकपुर संयुक्त बाणिज्य ईजलास , ईजलास नंवर ५ मुद्दानंवर-०७७-CB--०००१ निर्णय नंबर ७ अनुसार संगिता कुमारी महतोले कारागार जीवन भोग्दै आएकी हुन । अत्यन्त नाजुक अवस्थाकी संगिता महतोको रिहाईको लागि शक्ति महिला सामुदायिक संस्थाको पहलमा "संगिता कुमारी महतो " रिहाई अभियान थालिएको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१