Siraha Times
ताजा समाचार

बलान नदीको कटानले बस्तीमा जोखिम उपमेयर चिंतित

  • साउन १८, २०८०
  • ९६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स साउन १८ । सिराहा र सप्तरी जिल्लाको सीमानाको रुपमा परिचित बलान नदीले आफ्ना धार परिवर्तनसँगै नदीको पछिमी किनारामा कटान शुरु गरेपछि स्थानिय बस्तीहरूमा जोखिम बढेको हो । लहान नगरपालिका वडा नं २३ स्थित बलान नदीले कटान गरेपछि नदीको पानी बस्तीमा प्रवेस गरेर बस्ती डुवानमा पर्ने प्रवल सम्भावना बढेको अवस्थामा स्थानियको गुनासो बढेसँगै लहान नगरपालिकाका उपमेयर राम चलितर महतोले स्थलगत अनुगमन गर्नु भएको हो । कटान क्षेत्रमा लहान नगरपालिकाका नगर प्रमुख र उप- प्रमुखले पटक पटक अनुगमन तथा नदी नियन्त्रणको लागि पहल गर्दै आएको अवस्था रहेको छ । कटानको वारेमा चिंतित वनेका उपमेयर महतोले स्थानीयको अनुरोधमा पटक पटक  आफै विपद व्यवस्थापन समितिको अध्यक्ष, कार्यपालिका सदस्य , वडा अध्यक्ष,पत्रकारका साथै न. पा. को JCB लिएर त्यस क्षेत्रमा पुगेर कामको थालनी गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१