Siraha Times
ताजा समाचार

नृत्य जगतमा उदाएका ब्लू स्काई डान्स स्टुडियो

  • साउन १७, २०८०
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १७ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी अर्थात् रामग्राम नगरपालिका वाडा नंवर ५ मा रहेको ब्लू स्काई डान्स स्टुडियोले आफ्ना बेजोड प्रस्तुतीका साथ तहल्का मचाउँदै आइरहेको छ । स्थानिय बाल मन्दिर परासीमा रहेको स्टुडियोको डान्स कक्षाहरुमा स्थानिय बालबालिकाको चाहाना बमोजिमको डान्स सिकाउने भएकोले यस स्टुडियोको माग दिनानु दिन बढिरहेको अवस्था रहेको देखिन्छ । स्थानिय नव प्रतिभाहरूको उजागर गर्ने एक मात्र थलोको रूपमा रहेको स्टुडियोको व्यवस्थापकीय पक्षमा व्यापक सुधार र ध्यान दिइएको हुनाले यस स्टुडियोबाट प्रस्फुटन भएका प्रतिभाहरुले नृत्य जगतका कूनै पनि डान्स गर्न सक्ने भएकोले यसप्रति आम अभिभावकको आकर्षण बढिरहेको अवस्था रहेको देखिन्छ । बिहानी र दिवा कक्षाको रूपमा डान्स सिकाईने यस स्टुडियोका सञ्चालकको रुपमा परिचित दिपक साहनीको नैतिकवान , मिजासलुपनको कारणले यस स्टुडियोकाे वातावरण अत्यन्त मनोरम र सुन्दर रहेको अवस्था रहेको देखिन्छ । करिब ९ जना प्रशिक्षक रहेको यस स्टुडियोमा उत्कृष्ट प्रतिभाहरू रहेको कारण जिल्लाको सान र नमुनाको रूपमा परिचित भइरहेको छ, यो ब्लू स्काई डान्स स्टूडियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१