Siraha Times
ताजा समाचार

मधेस युवा संघ कतारद्वारा धनुषामा आर्थिक सहयोग

  • साउन १४, २०८०
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
जनकपुरधाम - मधेस युवा संघ कतारले एक पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।धनुषा जिल्लाको सबैला न.पा.०७ मटही गाउँका श्री सिकिन्द्र पंडितलाई आर्थिक रू. २१,०००/- सहयोग गरेको छ। धनुषाको सबैला न.पा.०७ मटही गाउँमा बस्ने श्री सिता राम पंडितको कान्छो छोरा सिकिन्द्र पंडित काठमाडौं स्थित धुलिखेल अस्पतालमा जीवन र मृत्युसंग लडिरहेका छन् ।पिडित पंडितकी आमा र श्रीमती निलम देवी पंडित विभिन्न संध-संस्थाहरुला सहयोगको लागि अपिल गरेका थिए।

पीडित परिवारको अपिललाई स्विकार्दै संस्थाका अध्यक्ष श्री प्रताप साह कोषाध्यक्ष राम सजन साह , उपाध्यक्ष राम चन्द्र सिंह,प्रमुख सल्लाहकार गणेश साह लगायत केन्द्रीय सेवक पदाअधिकारी छलफल गरेर पीडित परिवारलाई सहयोग हुनु नै पर्छ निर्णय गरेका थिए। गत विहिबार मधेश युवा संध"नेपालका अध्यक्ष शम्भु चोधरी,संस्थाका बरिस्ठ सल्लाहकार खुसिलाल मण्डल,स्थानीय युवा अमरेश साह, लगायत स्थानीयहरूको उपस्थितमा स्थानीय श्री सत्यनरायण साहको हातबाट सो रकम हस्तान्तरण गरेका समाजसेवि तथा संस्थाको केन्द्रीय मिडिया रिपोर्टर सुरेन्द्र सुर्या महतोले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१