ताजा समाचार

बिधार्थीद्वारा धान रोपाइँ कार्यक्रम सम्पन्न

  • असार ३०, २०८०
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल, आषाढ़ ३०। सिराहाको धनगढीमाई ५ मा रहेको टिनकोनी माविका विद्यार्थीद्वारा विद्यालयको खेतमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएकाे छ । शुक्रबार बिहान करिब ७ बजेको समयमा तिकोनी माविका बिधार्थी र शिक्षकद्वारा सामूहिक धान रोपाई महोत्सव आयोजना गर्दै रोपाइँ गरिएकाे हो । विद्यालयमा अध्ययनरत प्राविधिक धार लगायतका सबै बिद्यार्थीहरु रोपाइँमा सहभागी भएका थिए । बिहान विद्यालयको दक्षिण ग्रामीण सडकको पूर्वमा रहेको खेतमा धानको बीउ उखेलेर सडकको पक्षीम छेऊमा रहेको करिब एक बिगाहा जग्गामा धान रोपाई गरिएको थियो ।

सिम सिम पानी पर्दै गरेको बखत रोपाइँ गर्दै गर्दा बिद्यार्थीहरु रमाएका थिए । रोपाइँमा शिक्षक लगाएत विद्यालयका प्रधानाध्यापक समेत सहभागी भएका थिए । नगरमा नमुनाको रूपमा परिचित यस विद्यालयमा पठन पाठन अत्यन्त मनोरम वातावरणमा अगाडि बढिरहेको अवस्था रहेको हुनाले विधार्थीहरुको आकर्षण बन्दै गएको अवस्था रहेको देखिन्छ । पूर्व नगर प्रमुख हरीनारायण चौधरीको गाउँमा रहेको यस विद्यालयमा विधालय ब्यबस्थापन समितिमा संजय चौधरीको आगमन भएपछि लगातार विद्यालयमा व्यवस्थापकीय पक्षमा सुधारका रेखाहरू फरक ढंगले आगाडि बढेको छ । रोपाइँ कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले रोपाइँमा रमाइलो भएको बताएका छन भने व्यवस्थान समितीका अध्यक्ष सञ्जय चौधरीले जीवन उपयोगी शिक्षा बिधार्थीलाई आवस्यक भएको वर्तमान सन्दर्भमा हामीले पठन पाठनका अतिरिक्त गुणस्तरिय जनशक्तिमा बढी जोड दिएको बताउनु भएको छ । धान रोपाइँ कार्यक्रम करिब १ घण्टा ४५ मिनेटसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस

छेदीचौकमा दुईदिने कु ...

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दु ...

ठाडीको दुर्गाभगवती म ...

रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ...

खानेपानी तथा सरसफाइ ...

रहमुल, लहान, २ असोज। स्वस्थ, सफा र समृद्ध समाज निर्माणका लागि सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤