Siraha Times
ताजा समाचार

सप्तरीको सुरुङ्गा, खडकमा लोडसेडिङ आम जनता मारमा

  • असार २९, २०८०
  • १८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेश कुमार पासवान सप्तरी - सप्तरी जिल्लाको सुरुङ्गा र खडक नगरपालिका अन्तर्गत बिगत केही महिना देखि बिद्धुत प्राधिकरण सब स्टेसन बोदे बर्साइनको लापरबाहीका कारण यस क्षेत्रका जनताहरु मारमा परेका छन् । आफ्नो मन परि तरिकाले कुनै न कुनै बहानामा १२/१२ घन्टा सम्म बिना सूचनाको (लौड्सेटिङ्ग) बिजुलि काट्ने गरेका छन् ।विडम्बना यस क्षेत्रको खास गरि कुशहामा बिजुलि संग संगै एन्सेलको नेटवर्क पनि गायव हुने गरेको स्थानीय बासी राम नारायण भण्डारीले गुनासो गरेका छन् । बढ्दो गर्मीलाई समेत प्रभा नगरी यस क्षेत्रका जनताहरुलाई दु:ख मात्र दिरहेको बताएका छन् ।बिजुलीका कारण करिब १ दशक देखि कुशहामा एन्सेलको टावर हुदा हुँदै पनि बिजुलि न भएको बेला नेटवर्क काम गर्न छोड्ने गरेको छ । यसमा विद्धुत प्राधिकरण संग संगै एन्सेल समेतले लापरबाही गरेको र जनताको समस्या प्रती ध्यान नदिएको कुरा स्थानीय शम्भु पासवानले बताएका छन् । बिजुलि र नेटवर्कका कारण जनताको विभिन्न कामकाज दैनिक रुपले अवरुद्ध हुने गरेको छ । बिजुलि नभएको बेला यस क्षेत्रमा कुनै किसिमको घटना दुर्घटना नै भइहाल्यो भन्ने आपतकालीन सेवा समेत लिन्न नसक्ने अवस्था रहेकोे पप्पु पासवानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१