Siraha Times
ताजा समाचार

एनआरएनए कतार २०२३-२०२५: महासचिवमा रबिन मगरको उम्मेदवारी

  • असार २९, २०८०
  • १११७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा - गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारको आगामी कार्यकाल २०२३-२०२५ को लागि रबिन मगरले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छ्न । बर्तमान कार्यसमितिका सचिव समेत रहेका मगरले आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेद्धवारी घोषणा गरेका हुन । धनकुटा जिल्लाको पाख्रीबास ५ दियालेमा जन्मी वैदेशिक रोजगारिको शिलसिलामा १५ बर्ष कतारमा बिताएका मगर बचेको समयमा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका छ्न । धनकुटा सेवा समाज कतारका बरिष्ठ उपाध्यक्ष, नेपाल मगर संघ शाखा कतारका पूर्व सचिव तथा बर्तमान सल्लाहकार, त्यस्तै युवा तथा खेलकुदमा योगदान, संस्था संचालन र समन्वयमा विशेष दख्खल राख्ने गर्दछ्न ।

नेपाल आदिवासी जनजाति महासघ, कतारको आधिकारिक उम्मेदवार रहेका उनलॆ भारीमतले विजयी गराउन कतारबासी सम्पुर्ण एनसिसि पार्सदहरुमा आग्रह गरेका छन् मगरले सामाजिक सन्जालमा लेखेका छ्न ! गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२५ कार्यकालको लागि महासचिव पदमा मेरो उम्मेद्वारी। आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बौद्धिक बर्ग, परिषद सदस्य ज्यूहरू साथै पत्रकार ज्यूहरुमा हार्दिक नमस्कार। राष्ट्रिय समन्वय परिषद कतारको २०१९- २१ कार्यकालमा युवासंयोजक, २०२१-२३ कार्यकालमा सचिव भई कार्य गरेको कार्यानुभव, विभिन्न संघ संस्था संग समन्वय, संघलाई श्रमिकमैत्री बनाउन पहलकदमी कार्यको लागि आगामी २०२३-२५ कार्यकालको लागि महासचिव पदमा उम्मेद्वारी घोषणा गरेको छु। साथ् र सहयोगको अपेक्षा गर्दछु।

रबिन मगर

महासचिव पदको उम्मेदवार

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१