Siraha Times
ताजा समाचार

धनगढीमाईमा खेती फाटफुट शुरू

  • असार १९, २०८०
  • ९८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल १९ आषाढ़ । सिराहाको धनगढीमाईका विभिन्न ठाउँहरूमा खेती शुरु भएको छ । मनसून शुरू भएपनि समयमा वर्षा नहुँदा वैकल्पिक उपाय निकालेर किसानहरूले खेती शुरु गरेको देखिन्छ । धनगढीमाईको दक्षिणी भागमा मोटर, बोरिङको सहायतामा किसानहरूले खेती शुरु गरेको देखिन्छ भने उत्तरी भेगमा सिँचाइको अभावमा आम किसानहरूले बीउ सार्ने काम अर्थात् खाँऊर शुरू गरेको छ । आकासे भर रहेको यस क्षेत्रमा समयमा वर्षा नहुँदा किसानहरू चिंतित वनेका छन । स्थानिय सरे खोलाको पानीले करिब दुई सय बिगाहा क्षेत्रफलमा सिँचाइ हुने अवस्था रहे पनि उक्त पानीलाई हालसम्म ब्यबस्थापन गर्न सकिएको छैन । किसानलाई सिँचाइ मीटर आवस्यक रहे पनि उत्तरी भेगमा रहेको बस्तीहरूमा सरकारको अदुरदर्शिता कारणले उक्त सुविधा हालसम्म प्राप्त हुन सकेको छैन

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१