Siraha Times
ताजा समाचार

राहतको आशमा मोती

  • असार १७, २०८०
  • ६३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ़ १७ । लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम) मा रहेको पाल्हिनन्दन गाउँपालिका वडा नं० १ रमपुरवा , शंकरपुरका मोती हरिजन आर्थिक रूपले अति बिप्पन भएपनि हालसम्म कुनै किसिमको राहत उनलाई प्राप्त भएको छैन । विपन्न मोती हरिजनको घरसम्म कूनै पनि निकायको हालसम्म आँखा पुग्न सकेको छैन । दुई जनाको मात्र सदस्य रहेको मोती हरिजनको घरमा उनको छोरा छन्नु हरिजन अपांग भएकोले मोती हरिजनको घरमा खानको लागि धौ धौ परिरहेको अवस्था रहेको देखिन्छ । घरमा न चामल , न आङ छोप्नका लागि कूनै कपडा र अपांग छोरालाई समान्य आवत जावतमा सहजताका लागि ह्वील चेयर नहुँदा समान्य दैनिकीमा समस्या उत्पन्न भइरहेको छ । हालसम्म उनलाई सहयोगको लागि कुनै संघ संस्था उनको घरसम्म पुगेको देखिँदैन । झुपडीको बास बस्दै आएका मोती हरिजनले बृद्धअबश्थामा गाउँघरमा ज्याला मजदुरी गर्दै आफ्न‍ो अपांग छोरालाई आफै भात पकाएर जीवन धान्दै आएको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१