ताजा समाचार

CMC नेपालद्वारा पुनर्ताजगी तालिम सम्पन्न

  • असार १६, २०८०
  • ७०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल अषाढ़ १५ ।सिराहाको धनगढीमाई नगरपालिकाको बुद्ध महिला सहकारी संस्थाको सभा हलमा बालबालिकाको मानसिक स्वास्थ्य प्रवर्धन र समावेशी तथा पहुचयुक्त मानसिक स्वास्थ्य सेवाको लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । Cmc नेपालको आयोजना तथा अपाङ्गता पुनर्स्थापना केन्द्र लाहान र धनगढीमाई नगरपालिकाको सहकार्य र सम्वन्यमा आयोजीत कार्यक्रममा करिब २५ जना विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा कसरी घुलमिल हुनसक्ने जस्ता तालिम दिइएको थियो ।

करिव बिहान १० बजे शुरु गरिएको तालिममा सस्थाका तर्फबाट कार्यकारी निर्देशक राम लाल श्रेष्ठ , परियोजना संयोजक अनिरुद्ध मुखिया , सामुदायिक मनोसामाजिक सहजकर्ता पशुपति रायमाझी , धनगढीमाई महिला बालबालिका शाखाका अधिकृत हिमा उप्रेती ,शिक्षा शाखाका प्रदीप शाह ,पत्रकार बिनोद मण्डल लगायतको सहभागितामा संचालित एक दिने तालिमले समाज अपाङ्ग मैत्री बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने सहभागि सम्भु यादवले जानकारी दिनुभयो । तालिममा विभिन्न खेल खेलाउदै करिब ६ बजेको समयमा तालिम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

छेदीचौकमा दुईदिने कु ...

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दु ...

ठाडीको दुर्गाभगवती म ...

रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ...

खानेपानी तथा सरसफाइ ...

रहमुल, लहान, २ असोज। स्वस्थ, सफा र समृद्ध समाज निर्माणका लागि सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤