Siraha Times
ताजा समाचार

CMC नेपालद्वारा पुनर्ताजगी तालिम सम्पन्न

  • असार १६, २०८०
  • ६५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल अषाढ़ १५ ।सिराहाको धनगढीमाई नगरपालिकाको बुद्ध महिला सहकारी संस्थाको सभा हलमा बालबालिकाको मानसिक स्वास्थ्य प्रवर्धन र समावेशी तथा पहुचयुक्त मानसिक स्वास्थ्य सेवाको लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । Cmc नेपालको आयोजना तथा अपाङ्गता पुनर्स्थापना केन्द्र लाहान र धनगढीमाई नगरपालिकाको सहकार्य र सम्वन्यमा आयोजीत कार्यक्रममा करिब २५ जना विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा कसरी घुलमिल हुनसक्ने जस्ता तालिम दिइएको थियो ।

करिव बिहान १० बजे शुरु गरिएको तालिममा सस्थाका तर्फबाट कार्यकारी निर्देशक राम लाल श्रेष्ठ , परियोजना संयोजक अनिरुद्ध मुखिया , सामुदायिक मनोसामाजिक सहजकर्ता पशुपति रायमाझी , धनगढीमाई महिला बालबालिका शाखाका अधिकृत हिमा उप्रेती ,शिक्षा शाखाका प्रदीप शाह ,पत्रकार बिनोद मण्डल लगायतको सहभागितामा संचालित एक दिने तालिमले समाज अपाङ्ग मैत्री बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने सहभागि सम्भु यादवले जानकारी दिनुभयो । तालिममा विभिन्न खेल खेलाउदै करिब ६ बजेको समयमा तालिम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१