ताजा समाचार

धनगढीमाई १४ का पशुमाहरूमा देखियो‘लम्पी स्किन रोग

  • असार ११, २०८०
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ११ । सिराहा जिल्लाको धनगढीमाईका १४ अन्तर्गतका बस्तीहरूमा रहेको पशुहरुमा देखिएको छ , अचानक फोका जन्य रोग । गत जेठको तेश्रो साता स्थानिय हात्तीढुंगास्थित रहेको पशुमा देखिएको सो रोगको संक्रमण हालसम्म वडाका टोल बस्तीमा रहेको देखिन्छ । पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोगले पशुहरू बीमार हुन थालेपछि स्थानीय चिंतित हुन थालेका छन । रोग लागेपछि गाई, भैँसीले आँखाबाट कचेरा निकाल्ने, सिङ्गान बगाउने तथा पशुको शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन थालेको अवस्था रहेको देखिन्छ ।

कूनै ठोस उपचार नभएको यो रोग सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखा परेको थियो । हाल सिराहाको भौगोलीक बनावटले विकट मानिएको वस्तीहरुमा रोगको संक्रमण बढेको अवस्थामा केही दिन अगाडि वाडा अध्यक्ष अमित ठकुरीले पशुपन्छी बिकास साखावाट प्राविधिक टोली यस ठाउँमा पठाएको आवस्थामा पुन संक्रमण बढेपछि स्थानियको समस्यालाई समाधानको लागि पशु सेवा कार्यालय धनगढीमाईलाई उपचारका लागि पत्रचार गरेको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

छेदीचौकमा दुईदिने कु ...

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दु ...

ठाडीको दुर्गाभगवती म ...

रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ...

खानेपानी तथा सरसफाइ ...

रहमुल, लहान, २ असोज। स्वस्थ, सफा र समृद्ध समाज निर्माणका लागि सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤