Siraha Times
ताजा समाचार

मनोज राम बबिता इसरबीच प्रेमविवाह समाजमा विद्मान ठुलो जात सानो जातको सोचाइ फेरिएन

  • असार ५, २०८०
  • २२३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/ ५ असार । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर -६ बस्ने जितु रामका छोरा २१ वर्षीय मनोज कुमार राम र, त्यहीँ विष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने बबिता इसरले गत २०८० जेठ २१ गते जिल्ला अदालत कपिलवस्तुमा कानुनी रुपमा विवाह भएको छ । यता, बबिता इसरका आफन्तले तल्लो निच जाती सँग विवाह गरेकाले नस्वीकार्ने भएका छन् । श्रोतका अनुसार - पछिल्लो लामो समयदेखि मनोज राम र बबिता इसर बीच राम्रो प्रेम सम्बन्ध थियोे । तर, अहिले तल्लो जातको व्यक्तिले लगेको भन्दै सप्तरीका मनोज रामलाई उच्च जातिको छोरी बबिता इसरलाई भगाएको सम्बन्धि झुठो मुद्दा लगाई फसाउने गरेको स्थानीयहरुको आरोप छ ।

यता, निज मनोज रामलाई न्याय दिलाउनका लागि मनोजकी श्रीमती बबिता ईसर र चमार कल्याण समाज उपत्यका कमिटीका अध्यक्ष मनोज कुमार राम चमार लगायतकाले न्यायका लागि काठमाडौमा दलित आयोगमा आज संयुक्त रुपमा उजुरी दिनुभएको छ । चमार कल्याण समाजले ''आफ्नो जातिका युवालाई न्याय दिलाउनका लागि हरपल तयार छौ'' जगजीवन राम भन्नू हुन्छ । त्यसै , विषयलाई लिएर राष्ट्रिय दलित आयोगको कार्यालयले आज सोमबार महान्यायाधिवक्ता कार्यालयलाई यो झुठो मुद्दा कुन अवस्थामा खुलाई दिने भनिएको छ।

आज निकाले को दलित आयोगको पत्रमा स्पष्ट लेखिएको छ । सप्तरी जिल्ला, विष्णुपुर गाउँपालिका वडँ नं. ६ बस्ने मनोज कुमार रामको पत्नी वविता इसरले जिल्ला सप्तरी इतहरी विष्णुपुर गाउँपालिका वडा नं. ६ बस्ने जितु रामको छोरा वर्ष २१ को मनोज कुमार रामसँग आफु एक वर्षदेखि प्रेम सम्बन्धमा रहेकोमा आफ्नो बुबा ललित इसर, ठूलो बुबा रोहित इसर र काका संजय इसरले आफ्नो मोबाइल फोडी मिति २०७९ जेठदेखि २०७९ कार्तिक २२ गतेसम्म राजविराज स्थित वडा नं.८ मा आफ्नै घरमा थुनी राखेको, ठूलो बुबा रोहित इसरले आफ्नो विवाह भारतमा गरिदिन खोज्दा आफुले इन्कार गर्दा कुटपिट गरी यातना दिएको ।

मिति २०७९/०७/२२ मा मनोज कुमार रामसँग भागी विवाह गरेकोमा अभिभावकले फिर्ता लगेको, आफुहरु भागी मिति २०७९/०८/२२ मा भागी कपिलवस्तु जिल्ला अदालतबाट कानूनी विवाह गरेकोमा आफ्नो बुबाले षडयन्त्र गरी जेठाजु रुपेश कुमार राम, ससुरा जितु राम, जेठाजु रंजय कुमार राम र श्रीमान् मनोज कुमार राममाथी सप्तरी जिल्ला अदालतबाट शरीर बन्धक तथा ज्यान वेपत्ता मुद्दामा आफ्नो जेठाजु रुपेश कुमार रामलाई कारागार कार्यालय सप्तरीमा राखेको थाहा पाएपछि अदालतमा हाजिर हुन आउँदा आफ्नो बयान नलिई आफ्नो श्रीमानलाई कारागारमा राखेको, आफुलाई कसैले अपहरण तथा ज्यान बेपत्ता गरेको छैन र आफुहरुले प्रेम विवाह गरेको हो भन्न खोज्दा अदालतमा बयान नलिएको र विपक्षीहरुले आफुलाई अदालतमा जान नदिई कानून समक्ष जानबाट वन्चित राखेको भन्ने व्यहोरा समेत उल्लेख गरी यस आयोगमा निवेदन दिएको र पीडित भनिएको महिला स्वयं यस आयोगम उपस्थित भई आफुलाई कसैले अपहरण तथा शरीर बन्धक नगरेको र मनोज कुमार रामसँग विवाह गरेको भनेकोले सो सम्बन्धमा के भएको हो? उक्त मुद्दा हाल कुन अवस्थामा रहेको छ? सो समेत खुलाई पठाई दिनुहुन निर्णयानुसार दलित आयोगले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१