Siraha Times
ताजा समाचार

धोबिनी गाउँपालिकाको चर्म लापर्वाहीका कारण लाखौं बराबरको माछा क्षति

  • असार २, २०८०
  • ७०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २ असाढ पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा रहेको करिब सात बिगहा पोखरीमा रहेको माछा मरेर तराएको कारण लाखौको क्षति भएको छ।धोबिनी गाउँपालिकाको चर्म लापर्वाहीका कारण पोखरीमा माछा मरेर क्षति भएको नगमा माछा पालनको संचालक एनुल मियाँले जनाएका छन। धोबिनी गाउँपालिकाले आठ महिना देखि रोका राखि जेष्ट ३० गते पोखरी बाट माछा मार्ने र किस्ताको रकम दिने सर्तमा लिखित फुकुवा पत्र दिएपछी ठेकदार एनुल मियाँले असाढ एक गते धोबिनीमा रहेको माछा पोखरीमा जाल लगाएर माछा मार्ने गरिरहो बेला एकासी गाउँपालिकाको निमित प्रसाशकिय अधिकृत संजय यादव र वडा अध्यक्ष मनाउर मियाँको निर्देशनमा मातहतका कर्मचारी गाउँपालिका प्रहरी र वडाको कर्मचारीहरुले माछा पोखरीमा गई माछा नमार्न रोकन लागाएर महाजालमा अाएको माछा हरुलाई पोखरीमा आफै फालन लगाए पछी उनको भोलि पल्ट शनिबार बिहान जादा साना ठुला गरि लाखौ मूल्यको माछा को ( मृत ) मरेर पानीमा तराएको अवस्थामा फेला परेको नगमा माछा पालनका संचालक मियाँले बताए ।

पोखरीमा माछा मरेको खबर सुनेर ठेकदारले ईलाका प्रहरी कार्यालय लंगडी लाई जानकारी दिएपछी सो ठाउँमा प्रहरी,र स्थानिय जनप्रतिनिधि हरु जादा ठूलो सानो माछा गरि करिब २५ लाख मूल्य बरारको माछा मृत् अवस्थामा पोखरी भरी मरर तराएर क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएका छन। ठेकदार एनुल मियाँले सात बिगहामा रहेको माछा पोखरी ९९ लाख ३६ हजारमा पाँच वर्षको लागि ठेका लिएर माछा पालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१