Siraha Times
ताजा समाचार

हुलाकी सडकमा दुर्घटना

  • असार २, २०८०
  • ७४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल ,असार २ । गए राती सिरहा जिल्लाको हुलाकी सडकखण्डमा बाईक दुर्घटना वाट एक चौपायाको मृत्यु भएको छ । भगवानपुर गाउँपालिकाकाे वाडा नंबर २ गमहरिया मुखिया टोल स्थित पश्चिमबाट पुर्वतर्फ जादैँ गरेको स १० प २५२० नम्बरको पलसर मोटरसाईकलले सडकमा हिड्दै गरेको रागांलाई ठक्कर दिदाँ घटनास्थलमै रागांको मृत्यु भएको छ भने मोटर साइकलकमा सबार भएको लहान नगरपालिका ३ ब्रमहानका चन्द्र यादव र तारनी चौधरी गम्भिर घाईत भएका छन । हुलाकी सडक अहिले दुर्घटनाको केन्द्र बिन्दु बन्दै गैरहेको छ । अहिले सडक भर्खर कालो पत्र भएको छ । सडक फ्री रहेको र सवारी साधनको चाप कम रहेको कारण तिब्र गतिमा गाडीहरू चलेको प्रष्ट देख्न सकिन्छ । हाल हुलाकी सडकमा सिरहा सप्तरीको क्षेत्रमा कुनै पनि ठाँउमा ट्राफिकको उपस्थित नदेखिएको र तिब्र गतिमा सवारी साधन चलेको कारण दिन प्रतिदिन दुर्घटना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१