Siraha Times
ताजा समाचार

नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मोनिका झा कुटिए

  • जेठ २७, २०८०
  • ११६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा जेठ २७ गते । नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा होटलमै कुटिएकी छन् । उनी शनिबार पत्रकारहरुबाटै कुटिएको बताइएको छ । नेपाल पत्रकार महासँघ धनुषा शाखादेखि केही दुरीमा रहेको जनकपुरको एक होटेलमा उनी कुटिएकी हुन् । नयाँ सदस्यता नविकरणको सन्दर्भमा विवाद हुँदा उनी कुटिएको एक पत्रकारले बताएका छन् । होटेलमा बैठक चलिरहँदा सदस्यता नविकरणको लागि अध्यक्ष झाले एकलौटी गर्न खोजेपछि कुटिएको बताइएको छ ।

उनले आफ्ना पार्टी निकट पत्रकार, सँगठन निकट पत्रकारहरुलाई मात्र सदस्यता नविकरण गरी अन्य दलका पत्रकारहरुलाई सदस्यता दिन खोजेपछि विवाद भएको सोही बैठकमा सहभागी पत्रकारले बताए । उनले आफू निकट पत्रकारहरुलाई भोँट बैँक बनाउन सदस्यता दिने तर, अन्य पदाधिकारी नजिकका पत्रकारहरुलाई सदस्यता दिन आनाकानी गरेपछि विवाद मात्र भएको बताए । उनले कसैले कुटपिट नगरेको बताउँदै नाटक मात्र गरेको बताए । उनले भने, –“उनलाई कसले कुटछ र, समान्य विवाद चैँ भएको हो, तर कसैले कुटपिट भने गरेको होईन । उनी भाउन मात्र कसेको हुन सक्छ । नाटक मात्र गरेको छ ।” पत्रकार महासंघ धनुषा शाखाको आफ्नै भवन, आफ्नै मिटिँग हल हुँदाहुँदै होटलमा कार्यक्रम किन गरेको भन्नेमा समेत विवाद भएको बताए ।

सो सन्दर्भमा महासंघकै एक पदाधिकारीले उनलाई अप्पन टिभीका क्यामेराम्यान सँजय साहले हात तानिदिएपछि हातमा सुजन र दुःखाई भएको बताएका छन् । मान्यूट खोसाखोस हुन थालेपछि अध्यक्ष झाले समातेको मान्यूट साहले खोस्न खोजेपछि हातमा चोट लागेको बताए । उनको हातमा अधिक दुःखाई भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको ईमरजेन्सी वार्डमा भर्ना गरिएको बताईएको छ । नयाँ सदस्यता वितरण, सदस्यता नविकरणको लागि झाले राजनीतिक दलको लगाव, आफूप्रतिको लगावको हिसाबले एकलौटी गर्न खोजेपछि विवाद भएको बताइएको छ । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले समेत समान्य विवाद भएको तर, घाईते नै भएको भन्ने कुरा कुनै जानकारी नरहेको प्रष्टयाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले कुटपिट वा घाईतेको कुनै सूचना नरहेको बताउँदै समान्य विवाद भएको जानकारी रिपोर्ट गरे । कोषाध्यक्षले फर्जी गरेको आरोप नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष राम कमल महतो (राजकमल सिँह) ले विवाद गराएको आरोप लगाइएको छ । सिँहले आफू निकटका भोँटहरु तान्नको लागि राजीनामा बुझाईसकेका पूर्व सदस्यहरुको फाराम आफैँ भरेर फर्जी गरेको आरोप लगाईएको छ । सिँहले महासंघमा सक्रिय नै नरहेको सदस्यहरुलाई भोँट बैँकको रुपमा प्रयोग गर्न फर्जी हस्ताक्षर गरेर सदस्यता दिलाउन खोजेपछि विवाद चर्किएको बताईएको छ ।

नाम नखोल्ने शर्तमा सोही बैठकमा सहभागी एक पत्रकारले अध्यक्षमाथि हातपात गराउन कोषाध्यक्ष सिँहले विवाद गराएको थियो । महासँघका कोषाध्यक्ष सिँहले महासंघ भवनको सौन्दर्यीकरणको नाममा लाखौँ रुपैयाँको काम गरेको आरोप समेत लगाईएको छ । अहिले २५ लाखको काम गरिरहेको आरोप नाम नखोल्ने शर्तमा एक पत्रकारले लगाए । कोषाध्यक्ष सिँह यसअघि पनि विभिन्न विवादमा निरन्तर तानिदै आएका छन् । न्यूज ब्यूरो, जनकपुरधाम ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१