Siraha Times
ताजा समाचार

साउदी अरेबियाले सुडानबाट आफ्ना नागरिक र विदेशीलाई गर्यो उद्धार उद्धार

  • वैशाख १३, २०८०
  • ११९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शहबाज खान, कपिलवस्तु । साउदी अरेबियालले आफ्ना अलपत्र नागरिकलाई उद्धार गरेको छ । सुडानमा दुई प्रतिद्वन्द्वी सेनाहरू बीचको तीव्र लडाइँ भएको एक हप्तापछि साउदी अरेबियाले सुडानबाट आफ्ना अलपत्र नागरिकहरूलाई उद्धार गरेको हो । साउदी अरेबियाले सुडानबाट आफ्नो नागरिक उद्धार गर्ने पहिलो देश बनेको छ । साउदी परराष्ट्र मन्त्रालयले साउदी नागरिकसँगै “मित्र राष्ट्रका धेरै नागरिकहरू“ लाई उद्धार गरिएको बताइएको छ । रोयल साउदी नौसेना बल (च्क्ल्ँ)ले शनिबार सुडानबाट नागरिक, अन्य देशहरुका नागरिक, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरूलाई उद्धार अपरेशन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ः “कुवेत, कतार, युएई, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बुल्गेरिया, फिलिपिन्स, क्यानडा, बंगलादेश र बुर्किना फासोका ६६ जनालाई उद्धार गरिएको छ । “ सुडानबाट उद्धार गरिएको साउदी नागरिकको संख्या ९१ जना रहेको छ । मन्त्रालयका अनुसार साउदी नेतृत्वको निर्देशनको कार्यान्वयनमा जेद्दाहमा सबै साउदी नागरिक र अन्य देशका नागरिकहरु सकुशल आइ पुगेका छन् । साथै साउदी अरेबियाले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्ने तयारीका लागि सबै आवश्यकता उपलब्ध गराइएकोे छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१