Siraha Times
ताजा समाचार

धनुषाको यदुकूहा अस्पतालमा नर्सको लापरवाहीले एक सुत्केरीको मृत्यू, घटना लुकाउँदै नगरपालिका

  • वैशाख ९, २०८०
  • ८०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक सुत्केरी महिलाको ज्यान गएको छ । सो स्वास्थ्यकेन्द्रमा कार्यरत नर्स किरण मण्डलको लापरवाहीले सुत्केरीको मृत्यू भएको परिवारजनले आरोप लगाएका छन् । गत बैशाख ६ गते प्रसुति गराउन गएकी शहिदनगर नगरपालिका वडा नं. ४ महुलिया बस्ने सितेश मुखियाकी २८ बर्षिय श्रीमति पूजा मुखियालाई प्रसुति हुँदा अत्यधिक रक्तश्राव सुरु भएको थियो । रक्तश्राव भएपनि नर्स किरण मण्डलले उनलाई घर पठाएपछि तीनदिनपछि शुक्रबार विहान उनको ज्यान गएको हो । नर्स मण्डलले समान्य रक्तश्राव मात्र रहेको भन्दै उनलाई घर पठाएको आरोप परिवारजनले लगाएका छन् ।

पूजाले बच्चालाई जन्म दिएपनि उनी आफैँ भने बाच्न सकिनन् । प्रसुति भए लगत्तै उनलाई रक्तश्राव (बिलिडिँग) सुरु भएको थियो । नर्स मण्डलले रक्तश्राव नरोकिँदै हतार हतारमा पूजालाई जबरदस्ती डिस्चार्ज गरी घर पठाउँदा उनको मृत्यू भएको हो । नर्स र स्वास्थ्यकर्मीको लापरवाहीले मुखियाको मृत्यू भएको परिवारजनको आरोप छ । यता, परिवारजनले सो घटनालाई नगरपालिकाले नै दबाउन खोजेको आरोप लगाएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१