Siraha Times
ताजा समाचार

सुलभ कन्ट्र्कसन प्रा लि को ठेक्कादार ले सड्क मा पानी नखसाल्दा स्थानीय हैरान

  • वैशाख ३, २०८०
  • १०५८ पटक पढिएको
  • खुरसेद हजाम
alt

खुरसेद हजाम / नवलपरासी /बैशाख ३ पश्चिम् नवलपरासी प्रतापपुर गाउपालिका वडा न ६ हरपुर भन्सार चोक हुँदै सुस्ता गाउपालिका ३ सम्म बन्दै गरेको सडक खण्डमा ठेक्कादारले पानी नखसाल्दा सडकको छेउमा रहेको स्थानीयजनता हैरान भएका छ्न । धुलोले सडक दिउँसै देखिन्न भने किनारका घरमा समेत बस्नै नसक्ने भएको छ स्थानीय अलसगिर हजामले बताउन धुलोले पाकेको खान खान न सकिने भएको छ घरबाट बाहिर निस्कदा धुलोले केही देखिन्न गाडी आउँदा खतराको उच्च जोखिम देखिएको छ । घरको झ्याल ढोका खोल्नै हुन्न धुलोले सासै फेर्न नसकिने भयोको छ।

सडक फराकिलो पार्ने ठेक्का पाएको सुलभ कन्ट्याक्सन प्रा.लि कम्पनीलेका इन्जिनियरिङ काम गर्दा धुलो उडाउन नपाउने ठेक्का सम्झौतामै उल्लेख भए पनि सडकमा पानी नहालेका कारण यस्तो बिजोग भएको हो । पानी छरेर धुलो नियन्त्रण गर्न सकिन्छ ।पानी छम्कन पटक–पटक भन्ने गरे पनि ठेकेदारले अटेरी गरेको छ । वातावरण अति प्रदूषित भएको छ ।’ धुलोरहित बनाउन दर्जनौँ पटक स्थानीयले भने पनि ठेकेदारले र सुपरवाइजर रकेश सुनेर पनि नसुने जस्तो गरेको स्थानीयले पानी खसाल्न भन्दा इन्जिनियर र सुपरवाइजरले स्थानीयलाई थर्काउने समेत गरेको आरोप स्थानीयले लगाए छ्न ।

सडक आयोजनाका इन्जिनियरलाई पत्रकारले सम्पर्कमा लिन खोजदा आउन चाहेनन् । हरपुर भन्सार चोक देखि सुस्ता ३ सम्म सडक खण्डको १० किलोमिटर सडक फराकिलो पार्न ३ वर्षमा काम सकाउने गरि ठेक्का लिएको सुलभ कन्ट्याक्सन प्रा.लि कम्पनीले ८ महिना बितिसक्दा काम हाल २० प्रतिशत सम्म मात्र पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१