Siraha Times
ताजा समाचार

कमलापुरी बैश्य समाजको नयाँ कार्यसमिति चयन

  • चैत २९, २०७९
  • ११४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, चैत २९ गते । कमलापुरी वैश्य समाज नेपाल नगर कार्य समिति सिरहाको दोस्रो महाधिवेशन २०७९ तथा नयाँ वर्षको शुभकामना कार्यक्रम लहान ४ रघुनाथपुर स्थित पाराडाईज स्कुलमा कमलापुरी बैश्य समाज नेपाल नगर कार्यसमितिको आयोजनामा पारदर्शिरुपमा सम्पन्न भएको छ । यो महाधिवेशनको प्रमुख अतिथि जसपावाट नवनिर्वाचित प्रदेश सांसद राजकुमार गुप्ता, बिशिष्ठ अतिथि वैश्य समाजकै केन्द्रिय कोषा अध्यक्ष शंकर प्रसाद गुप्ता लगायत अतिथितहरुमा बैश्य समाजको पूर्व अध्यक्ष दिनेश प्रसाद गुप्ता, के.अध्यक्ष कन्हैया प्रसाद गुप्ता, के.सल्लाहकार सुनिल कुमार गुप्ता,के सल्लाहकार रामचन्द्र गुप्ता, नगर उपाध्यक्ष राजकिशोर प्रसाद गुप्ता, पत्रकार महासंघ सिरहा शाखाको कोषा अध्यक्ष बिरेन्द्र प्रसाद नेपाल, सौगात एफएमका स्टेशन म्यानेजर भारती कुमारी गुप्ता लगायत लहान नगरवाट उपस्थितीमा निर्विरोधरुपमा कमलापुरी बैश्य समाजले आज नयाँ कार्यसमिती पाएको छ ।===

नयाँ कार्य समितीमा बैश्य समाजको अध्यक्ष पदमा बिजय गुप्ता, उपाध्यक्षमा भारती गुप्ता, सचिवः राकेश कुमार गुप्ता, सह–सचिव महेन्द्र गुप्ता, कोषा अध्यक्षः बन्दना गुप्ता, त्यस्तै सदस्यहरुमा अमर गुप्ता, ललन गुप्ता, दुर्गा प्रसाद गुप्ता, बिरेन्द्र प्रसाद नेपाल, रुचिका गुप्ता, दुर्गा प्रसाद गुप्ता, रन्जु गुप्ता लगायतका व्यक्तिहरु चयन भएको छ । अल्पसंख्यक रुपमा रहेका कमलापुरी बैश्य समाज सप्तरीमा दुईतिन घर मात्र रहेको छ भने सिरहाको लहान नगरमा लगभग तिन दर्जन र सदरमुकाम सिरहामा एकदुई दर्जन रहेको छ भने सिरहाको अन्य ठाउँहरुमा एकदुई घर देखा परेकोले यो जातीलाई अल्पसंख्यक माननु स्वभाविकै हो त्यसैले बैश्य समाजले हक अधिकारका लागि पहुच बनाउने उधेश्यले यो संगठनलाइ आधुनिक तरिकाले अघि बढनका लागि केन्द्रि कोषा अध्यक्ष शंकर प्रसाद गुप्ताको जोडदार मांग रहेको अफना अभिव्यक्ति कार्यक्रममा सार्वजनिक गरेको छ ।

प्रमुख अतिथि राजकुमार गुप्ताले मन्तव्यकोक्रममा भने आजको दिनमा अन्या जातजातिका सामुदायले संगठन बिस्तार गरि के भन्दा के गरिसकियो तर यो बैश्य समाज अल्पसंख्यक भएकै कारण सक्रिय भएर काम गर्न नसकेको यो कमजोरी पक्षलाई सवल बनाउन तपाईहरुको हातमा हो म प्रदेश सांसद हुनुमा कमला पुरी बैश्य समाजले मात्र होईन हाम्रा क्षेत्रमा पर्ने सवै जातिजातिको मुख्य भुमिका रहेकोले आफना जातिको स्वार्थ पूरा गर्ने हिसावले चल्दीन बरु कानुन नियम अनुसार संगठन बिस्तार गरेर अघि बढनु जसमा मैले निजीरुपमा जे सक्छु त्यती सम्म सहयोग रहने कुरा सार्वजनिक गरेको छ । गुप्ताले थप्दै भने आधुनिक युग अनुसार चलनु पर्छ । जातपातको भेदभाव नगर्न र भोजभतेर जस्ता क्रियाकलापमा कुनै पिडितलाई फजुल खर्चको फान्दामा नपार्न नवनिर्वाचित अध्यक्ष बिजय गुप्ता लगायत कार्यसमितीलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१