Siraha Times
ताजा समाचार

पाल्हिनन्दनकाे ३ विधालय व्यवस्थापन समिति मानाेमानी तरिकाले चयन गरेपछि जसपा नवलपरासी द्वारा आपत्ति

  • चैत १५, २०७९
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी /चैत १५ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अन्तर्गत राज नारायण मा वि गेरमी,जनता मा वि लाेहराैली,बाल निकेतन मा वि सुनरीकाे विधालय व्यवस्थापन समितिकाे अध्यक्षमा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले मानाेमानी तरिकाले चयन गरेकाे विषयमा जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले आपत्ति जनाएकाे छ ।

आज परासीकाे राेयल हाेटेलमा पत्रकार सम्मेलन गरि उक्त कार्य प्रति आपत्ति तथा घाेरभर्षणा गरेकाे जसपाका जिल्ला सचिव एवम् रामग्राम ४ का वडा अध्यक्ष मदन यादवले जानकारी दिनुभयाे । पत्रकार सम्मेलनमा बाेल्दै जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले हिजाे बसेकाे जिल्ला कार्य समितिकाे बैठकले गरेकाे निर्णय अनुसार जसपा पश्चिम नवलपरासीले पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष दिपक गुप्ताले ३ वटा विधालय व्यवस्थापन समितिका अध्यक्षमा मानाेानी तरिकाले आफ्नो मान्छे चयन गरेकाले जसपाले आपत्ति जनाएको बताउनुभयो ।

हिजाे गाउपालिका अध्यक्ष गुप्ताले जसपा अध्यक्ष यादवलाई फाेन गरि मेराे गाडी जलाउने र १० लाख रुपैया माग्ने कुरा तपाईले गर्नु भईकाेले म आफ्नो खेत बेचेर पैसा र गाडी लिएर बुद्ध चाेकमा आएकाे छु भनेर बाेलाउँदा आफुलाई त्यस विषयमा केहि जानकारी नभएकाे गुप्ता सँग फाेनमा यादवले भन्दा पनि नमानेकाे र आफ्नो कार्यकर्तालाई लिएर बुद्ध चाेकामा बाेलाएकाे भनेर फसाउन खाेजेकाे प्रति आपत्ति जनाउँदै पत्रकार सम्मेलन गरेकाे जानकारी दिनुभयाे । त्यस विषयमा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई कार्वाहीका माग गर्दै नभए आफुहरु भाेलिकाे दिनमा आन्दोलनमा पनि जान बाध्य हुने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१