Siraha Times
ताजा समाचार

इँटा भट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु थप दुई मजदुर घाइते

  • चैत १४, २०७९
  • १०२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंगलबार, १४ चैत २०७९ लहान सिरहा Gurudev Adhikari सप्तरीको रुपनी गाउँपालिका २ पिपराहीस्थित रहेको जेएसआर नामक इँटा भट्टाबाट इँटा निकाल्ने क्रममा भट्टाकै पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा भारतको पश्चिम बंगाल राज्यअन्तर्गत कुच बिहार ग्राम पञ्चायत अठरजनिका ४५ वर्षीय अलिम अजिम, उनकी २८ वर्षीया पत्नी मुजिना बिबी र सोही ठाउँका २५ वर्षीय जयारुल हक घाइते भएका हुन् । घाइते तीनै जनालाई उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याए पनि अलिमको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएका मुजिना र जयारुलको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । दुवैजनालाई खुट्टामा गहिरो चोट लागेको छ । यता इँटा भट्टामा गुणस्तरहीन इँटाको प्रयोगले बनाएको पर्खाल भत्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सप्तरी प्रहरी प्रमुख एस पी नरेन्द्र कार्की ले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१