Siraha Times
ताजा समाचार

लहान आँखा अस्पतालद्वारा मधेश प्रदेशका पत्रकारहरुलाई निःशुल्क आँखा शिविर सम्पन्न

  • चैत १३, २०७९
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान, १३ चैत । नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापन दिवसको उपलक्ष्यमा मधेश प्रदेशस्थितका संचारकर्मी पत्रकारहरुलाई नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । ख्यातिप्राप्त सगरमाथा चौधरी आँखा अस्पतालले नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो एउटा छुट्टै पहिचान बनाएको देखिन्छ । यो सँगै नेपाल नेत्र ज्योति संघको ४५ वर्ष पुरा भएको अवसरमा मधेस प्रदेशका लहान आँखा अस्पताल सम्बन्धन रहेको ५ वटा जिल्लाका विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मी पत्रकारहरुलाई नि:शुल्क आँखा जाँच सम्पन्न गरिएको लहान आँखा अस्पतालका प्रवन्ध निर्देशक अभिषेक रोशनले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ लहान आँखा कान उपचार उपचार केन्द्र प्रणाली अन्तर्गत रहेका सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा आयोजित सो आँखा शिविरमा सिरहामा मात्रै ३ दर्जन भन्दा बढीले आँखा जाँच गराएका छन । सो आँखा शिविर विहानदेखि साँझ ४:०० बजेसम्म राखिएको थियो । यता, समयमै अन्धोपन न्युनिकरण गर्ने उदेश्यसँगै अझबढी प्रभावकारी सेवामुखी बनाउने प्रयत्नशीलता जोड दिएको प्रबन्धक रोशनले बताउँछन् । अस्पतालबाट सिर्जित फोहोरलाई शुन्य फोहोरमा न्युनिकरण गरिदै जाने स्तोरोन्तीमा लागि परेको बताए । "उनका" अनुसार ठुलो भवन सुविधा सम्पन्न निर्माण पश्चयात दैनिक २ हजार बढीले सेवा लिने गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१