Siraha Times
ताजा समाचार

वरियारपट्टीमा क्याम्पस शिलान्याससँगै आजबाट विष्णुमहायज्ञ शुरु

  • चैत १३, २०७९
  • ८९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , १३ चैत । सिरहाको दक्षिणी सिमावर्तीस्थित पर्ने वरियारपट्टी गाउँपालिका नजिकै वरियारपट्टी क्याम्पस स्थापना हेतु आज आईतबार शिलान्यास र विष्णुमहायज्ञ तामझामका साथ शुरु भएको छ । वरियारपट्टी क्याम्पस शिलान्यासका लागि प्रमुख अतिथि सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद राजकिशोर यादव , प्रदेश सांसद संजय यादव, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादव, वरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतो, नवराजपुर गाउँपालिका अध्यक्ष शिवउदगार यादव , सिरहाका सिडियो , लगायत सुरक्षाकर्मी, संचारकर्मी र स्थानीयसहित विभिन्न ठाउँबाट उपस्थित देखिएको थियोे ।

Open photo

यो सँगै संघिय सांसद राजकिशोर यादवले आज आइतबार विधिवत रुपमा क्याम्पस शिलान्यास गर्नु भएको छ । भने , आजबाट विष्णुमहायज्ञमा मेला भर्नेको सङ्ख्या बढ्दै गइरहेको छ । मेला तथा विष्णुमहायज्ञ चैत १२ गतेबाट भई चैत २३ गतेसम्म ११ दिनसम्म हुने आयोजकले जनाएको छ। यज्ञलाई भव्यताका साथ सफल पार्नका लागि १२ गते कलश यात्रा, पुरुष तथा महिला पहलवानी, वसंत थापा र भारतीय ख्यातिप्राप्त पहलवानद्वारा पहलवानी ( कुस्ती ) प्रदर्शनी , बृन्दावनको गौतम राश-लिला, रामलिला, सामाजिक संजालमा मसुर देवी प्रतिभा द्वारा भागवत विष्णुपुराण कथावाचन , झुला मौत कुवा, सिसिटिभीको निगरानी, साँस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रमहरु हुने भनिएको छ ।

यता, क्याम्पस स्थापनाका लागि ४५ कठ्ठा जग्गा खरिद गरिएको छ । भने , मेलामा ११३ मुर्ति विष्णुपुराण , कृष्णलिला अन्तर्गतका मुर्तिहरु प्रदर्शनीमा ल्याएको छ । विशेषत: यस क्याम्पसका लागि वरियारपट्टी गाउँपालिका कार्यालय र स्थानीयवासी , भक्तजनहरु , आफुखुशी जोसुकैले सहयोग गरेका छन् । यो सँगै यज्ञलाई व्यवस्थित गर्न यज्ञ स्थलमा मदिरा तथा मदिराजन्य पदार्थ साथै माछामासु यज्ञस्थलमा रोक लगाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाको निगरानीमा विष्णु महायज्ञ मेला भव्यताका साथ सम्पन्न गर्ने मेला समितिका अध्यक्ष बिरवल यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१