Siraha Times
ताजा समाचार

ज्यान मार्ने एक जना पक्राउ

  • चैत १२, २०७९
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल । लहान चैत १२ गते । गोलबजार नगरपालिका वडा नं. ३ जमनटोकी स्थित रहेको आईसक्रिम फ्याक्ट्री अगाडी स्थित सोही फ्याक्ट्रीमा काम गर्ने जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने खुशिलाल गोसाईको छोरा वर्ष ३५ को श्याम सुन्दर गोसाई र निजको दाइ वर्ष ४२ को रामचन्द्र गोसाई बिच भई झै-झगडा तथा कुटपिट हुदाँ निज श्याम सुन्दर गोसाईंको टाउको तथा शरीरको विभिन्न भागहरुमा चोटपटक लागी गम्भिर घाईते भएकोमा तत्काल स्थानिय मानिसहरु समेत भेला जम्मा भई एम्बुलेन्सद्वारा विराटनगर अस्पतालमा लगी उपचार गराउँदा उपचार हुन नसकी रिफर भई रा.उ. स्मारक अस्पताल लहान सिरहामा उपचार्थको क्रममा मिति २०७८/०८/१० गते दिनको करिब १२:१५ बजेको समयमा मृत्यु भएकोमा निज रामचन्द्र गोसाई सोही दिन फरार भएको ।

प्रहरी अनुसन्धान निज फरार अभियुक्तलाई उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गरी खोजतलाश गर्दै जाने क्रममा मिति २०७१।१२।०९ गते बिहान अं. ०१:०० बजेको समयमा जिल्ला कन्चनपुर महेन्द्रनगर स्थित नेपाल भारत सिमा क्षेत्रमा फेला पारी कानुन बमोजिम पक्राउ गरी ल्याईएको। कर्तव्य ज्यान मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जानकारि गरएको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१