Siraha Times
ताजा समाचार

भगवानपुरमा छुवाछुत नभएको भन्दै विभिन्न जातीय समूहले संयुक्त रुपमा सिडियोलाई बुझाए विज्ञप्ती

  • चैत १०, २०७९
  • १२८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । भगवानपुर गाउँपालिका–५ का परमेश्वर कुमार रामले आफूहरु (दलित समुदाय)सँग गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले भोजमा कुनै प्रकारको जातीय भेदभाव र छुवाछुत नगरेको भन्दै सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडालाई विज्ञप्ती बुझाउएका छन् । गाउँपालिका अध्यक्ष यादवलाई फसाउने प्रप्रण्च रचिएको भन्दै रामले भोजमा सवै जातजाति एकै ठाउँमा बसेर आएको र सवैले पस्कने काम मिलिजुली गरेको बताएका छन् ।

प्रजिअ खतिवडालाई विज्ञप्ती बुझाउन भगवानपुर गाउँपालिकाबाट तीन सय विभिन्न जातीय समूहका व्यक्तिहरु(महिला र पुरुष) जिल्ला प्रशासन कार्यालय विहिवार आएका थिए । जातीय समूहको नेतृत्व गर्दै भगवानपुर गाउँपालिका–२ की उमदावती डोमले आफूहरुसँग गाउँपालिका अध्यक्षले भोजको नाउँमा छुवाछुत नगरेको दावी गरेकी छिन् । सामुहिक रुपमा भोज आयोजन गरी गाउँपालिकाभित्रैवाट छुवाछुत हटाउने काम गरेको भन्दै उनले उल्टै गाउँपालिका अध्यक्षमाथि अन्यायपूर्ण आरोप लागेको बताएकी छिन् ।

प्रजिअलाई भेट्न पुगेका भगवानपुर गाउँपालिका–१ का मो रोजाइ रहमानले आफूहरुसँग गाउँपालिका अध्यक्षले आयोजना गरेको भोजमा कुनै प्रकारले भेदभाव र छुवाछुत नभएको बताएका छन् । प्रजिअ खतिवडालाई बुझाईएको विज्ञप्तीमा भगवानपुर गाउँपालिकाका ७ सय दलित, मुस्लिम समुदायका स्थानीयले हस्ताक्षर गरेका छन् । आफूहरु गाउँपालिका अध्यक्षको पक्षमा रहेको र कुनै प्रकारले अन्याय भए त्यसको प्रतिकार गर्ने उनीहरुले प्रजिअलाई चेतावनी समेत दिएका छन् । स्थानीय रामशंकर मण्डल खंगले आफू पनि दलित जातीको भएपनि भोजभतेर पस्किने देखि अन्य व्यवस्थापनमा पनि खटिएको भन्दै गाउँपालिका अध्यक्षमाथि छुवाछुतको आरोप निराधार रहेको बताएका छन् । कसैले प्लेकार्डहरु गाउँपालिका अध्यक्षलाई बदनाम गर्न भोज आयोजना भएको स्थानदेखि १ सय मीटर टाढा राखेको पाईएको उनले बताए ।

गाउँपालिका अध्यक्ष यादवलाई छुवाछुतका नाउँमा कारबाही भए आफूहरु बालबालिका सहित प्रशासन घेराउ गर्न आउने चेतावनी दिदै उनीहरुले नभएको कुरापनि समाजिक संजालबाट भाईरल गरी बदनाम गर्ने काम भएको भगवानपुर गाउँपालिका–२ का महेन्द्र मल्लिकले बताएका छन् । विज्ञप्ती बुझ्दै प्रजिअ खतिवडाले घटनामा सम्बन्धमा राज्यका विभिन्न निकायहरुले छानबिन जारी राखेको र छानबिनको प्रतिवेदन अनुसार अगाडी बढ्ने बताएका छन् । छानबिनको प्रतिवेदनमा जे आउँछ, त्यसै अनुसारको प्रकृया अगाडी बढ्ने भन्दै प्रजिअ खतिवडाले जातीय सद्भाव कायम गरी सवै आआफ्नो जिम्मेवारी निर्वाहमै केन्द्रित हुनुपर्ने बताएका थिए । Source: Apan dainik

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१