Siraha Times
ताजा समाचार

सामाजिक विकृतिका विरुद्धमा उभिए गुमस्ता

  • फागुन १०, २०७९
  • ११२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल फाल्गुन १० । सिरहाको सुखीपुर नगरपालिका भित्रका बेथितिमा सुधारको खाँचो रहेको अवस्थामा सबै पक्षमा सुधारको नीति लिएर आफ्ना बुलन्द आवाजका साथ स्थानिय युवा गुमस्ता यादब यतिबेला सुखीपुर नगरपालिकालाई खवरदारी गरिरहेका छन । आम जनताको विकासको जबाफदेही बोकेका नगर प्रमुखको अदुरदर्शिताको कारणले नगर भित्रका विकाशमा सुधार नआएपछि कानुनको जानकार समेत रहेका यादवले सुखिपुरका हरेक पक्षको सकारात्मक सुधारका लागि आफ्ना कदमहरू अगाडी बढाउन थालेको देखिन्छ ।

संसदीय इतिहासमा मधेश शहीदको अपमान हुँदाको बखत उनले आम जनताको साथमा लहानको मुख्य सडकमा उक्त कदमको खुलेर विरोध गरेका थिए । स्थानिय सुखीपुर नगरपालिकामा बाटोघाटो , सिँचाइ , खादमल, शिक्षा,स्वास्थय लगायतको क्षेत्रमा भएको अनियमितताको खुलेर पर्दाफास गर्न अगाडि बढेका युवा यादबको यतिबेला चौतर्फी चर्चा भइरहेको अवस्था रहेको देखिन्छ ।

आम जनताको भावनालाई खयाल गरेर विकास निर्माणका सबै प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका यादबले समाजिक परिवर्तनका लागि आफू कति पनि पछि नहट्ने बताउनु भएको छ । वास्तवमा सुखिपुर नगरपालिका भित्र जनताको चाहना बमोजिम हरेक क्षेत्रमा विकास भएको छ,भने स्थानीय युवा गुमस्ता कुमार यादवले खुला रुपमै चुनौती दिदै आईरहदा पनि नगरपालिकाले मौन समर्थन जनाई रहनु चिन्ताको बिषय हो ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१