Siraha Times
ताजा समाचार

विद्यार्थी सवार गाडी पल्टिदा विद्यार्थी घाइते

  • फागुन ९, २०७९
  • १०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल फाल्गुन ९ । विद्यालयको समयमा करीब ११ बजेर ३० मिनेटमा विद्यार्थी बोकेर गन्तब्य तिर जाँदै गरेको अवस्थामा गाडी अनियन्त्रित भैइ खेतमा पल्टिँदा गाडीमा सवार केही विद्यार्थी सामान्य घाइते भएका छन । कर्जन्हा नगरपालिका वडा नं. ६ स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. १ ख. १६८४ नं. को शिक्षानान्तर ऐकेड्मी कर्जन्हाको स्कुल बस आफै अनियन्त्रित भई खेतमा पल्टिदा उक्त बसमा सवार रहेका बिद्यार्थीहरु कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने जितेन्द्र राउतको छोरी अं. बर्ष ७ की आशिका राउत र वडा नं. ९ बस्ने अजित साहको छोरा अं. बर्ष ६ को प्रशान्त साह सामान्य घाइते भएका छन । घाइते दुवै जनाको स्थानीय फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भई रहेको छ भने दुवै जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको उपचार स्थलमा आफन्तहरु पुगिसकेको छ भने बस सहित चालक कर्जनहा. ६ बस्ने लक्ष्मी दासको छोरा अं. बर्ष २७ को दिपेन्द्र दासलाई प्र.चौ.कर्जन्हाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रवीन्द्र राज पाण्डेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१