Siraha Times
ताजा समाचार

दलित सशक्तिकरणका लागि धनुुषा र महोत्तरीका दलित समुदायका कार्यपालिका सदस्यहरुले बनाए जिल्लास्तरीय संञ्जाल

  • माघ २८, २०७९
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुर,माघ २८ गते । दलित समुदायको सशक्तिकरण र उत्थानका लागि धनुषा र महोत्तरी जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् । दलित सरोका मञ्च नेपाल कञ्चनरुप नपा ८ सप्तरीको आयोजनामा ‘दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था :आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयक जिल्लास्तरीय उक्त भेला भएका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका हुन् । धनुषा जिल्लाको सञ्जाल मथिला विहारी नगरपालिका कार्यपालिका सदस्य राम उदागर दासको अध्यक्षतामा १९ सदस्य दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय संजाल गठन भएको छ । समितको उपाध्यक्षमा जनकपुर उपमाहानगरपालिकाका कार्यपालिका सदस्य संजु दास, कोषाध्यक्ष सबैला नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियार, सचिवमा हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश कुमार पासवान, सहसचिवमा विदेह नगरपालिकाका कार्यपालिका सदस्य र सहसचिवमा जनकपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य मनिषा देवी चयन भएका छ ।

संजालका सदस्यहरुमा लक्ष्मीनिया गापाका रिको देवी मण्डल, कमला नपाकी कलसिया देवी दास, गणेशमान न.पा.की विनिता कुमारी पासमान, धनौजी गापाकी मन्जु दास, नगराईन नपाकी नगिना पासमान, कमला नपाकी मञ्जुु महरा, बटेश्वर गापाकी सोमनि कुमार दास, जनकनन्दनी गापाकी लालो देवी खत्वे, सहित नपाकी संगिता कुमारी रहेका छन् । त्यसैगरि महोत्तरी जिल्लाको दलित समुदायका कार्यपालिका सदस्यहरुको सञ्जालको अध्यक्षमा को पिपरा गापाका कार्यपालिका सदस्य बैदेही पासमानको नेतृत्वमा १७ सदस्य चयन भएको छ । त्यसै गरी समितिको उपाध्यक्षमा बर्दिवास नपाकी प्रतिमा विश्वकर्मा, कोषाध्यक्षमा एकडारा गापाकी सुमिन्त्रा देवी दास, सचिवमा सोनमा गापाका रानिवति पासमान र सहसचिवमा महोत्तरी गापाकी कार्यपालिका सदस्य सुमित्रा देवी चयन भएका छन । सञ्जालका जिल्ला समिति सदस्यमा वलुवा नगरपालिकाका नागेन्द्र पासमान, गौशाला नपाका हिरा कुमार पासवान, औरही नपाकी विनिता दास, मटिहानि नपाकी गेना देवी पासमान, बर्दिवास नपाका तिर्थ बहादुर अक्षामी, भँगहा नपाकी पारो देवी पासमान लगायत रहेका छन ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१