Siraha Times
ताजा समाचार

सिरहा: कल्याणपुर नगरपालिकाको सातौ नगर सभा सम्पन्न

  • माघ २७, २०७९
  • ९३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया /सिरहा सिरहाको कल्याणपुर नगरपालिकाको सातौ नगर सभा हिउँदे अधिवेशन बिहिवार सफलता पुर्वक सम्पन्न गरेको छ । रामजानकी धर्मशाला कल्याणपुरको सभा हलमा भएको कार्यक्रममा योजनाहरुको संशोधित योजना तथा कार्यक्रम पारित गरेको छ । आ.व ०८९/०८० को नगरसभा बाट ७६ करोड ५ लाख ८० हजारको आर्थिक वर्ष ०७९÷०८० को नगरस्तरीय प्रशासनिक खर्च संशोधित बजेट पारित गरिएको छ । उक्त सातौं नगर सभा अधिवेशनको अध्यक्षता गर्नुभएका नगरप्रमुख रामपुकार साह र उपप्रमुख रेखा कुमारी यादबले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । त्यस लगत्तै नगर सभाले विधिबत रुपमा औपचारिकता पाएको थियो ।कार्यक्रममा १ देखि १२ वडाका वडा अध्यक्षहरुले कार्यक्रममा आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रामपुकार साहले नगरको बिकास र समृद्धिलाई साझा स्वार्थ बनाउनुपर्ने बताउदै शिक्षा,स्वास्थ्य , निर्माण , कृषि लगायतका क्षेत्रमा भैइरहेको कामहरुको निरन्तर अनुगमन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । यस्तै नगर प्रमुख साहले नगरपालिकामा दिगो बिकासको योजना ल्याउने र लागुऔषमा लागेको युवाहरुको लागि सचेतना कार्यक्रम गर्ने पनि बताए । त्यस्तै नगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्वन्यवन गर्नमा सहयोग गरेकोमा सभाका सबैलाई धन्यवाद पनि दिएका छन् । नगर सभाले सन्सोधनसहित योजना, कार्यक्रम र बजेट सर्वसम्मत रुपले पारित गरेको छ । बिगतको पाँच बर्षमा यो पहिलो पटक हिउँदे अधिवेशन भएको हो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१