सिरहा: कल्याणपुर नगरपालिकाको सातौ नगर सभा सम्पन्न

  • माघ २७, २०७९
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया /सिरहा सिरहाको कल्याणपुर नगरपालिकाको सातौ नगर सभा हिउँदे अधिवेशन बिहिवार सफलता पुर्वक सम्पन्न गरेको छ । रामजानकी धर्मशाला कल्याणपुरको सभा हलमा भएको कार्यक्रममा योजनाहरुको संशोधित योजना तथा कार्यक्रम पारित गरेको छ । आ.व ०८९/०८० को नगरसभा बाट ७६ करोड ५ लाख ८० हजारको आर्थिक वर्ष ०७९÷०८० को नगरस्तरीय प्रशासनिक खर्च संशोधित बजेट पारित गरिएको छ । उक्त सातौं नगर सभा अधिवेशनको अध्यक्षता गर्नुभएका नगरप्रमुख रामपुकार साह र उपप्रमुख रेखा कुमारी यादबले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । त्यस लगत्तै नगर सभाले विधिबत रुपमा औपचारिकता पाएको थियो ।कार्यक्रममा १ देखि १२ वडाका वडा अध्यक्षहरुले कार्यक्रममा आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रामपुकार साहले नगरको बिकास र समृद्धिलाई साझा स्वार्थ बनाउनुपर्ने बताउदै शिक्षा,स्वास्थ्य , निर्माण , कृषि लगायतका क्षेत्रमा भैइरहेको कामहरुको निरन्तर अनुगमन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । यस्तै नगर प्रमुख साहले नगरपालिकामा दिगो बिकासको योजना ल्याउने र लागुऔषमा लागेको युवाहरुको लागि सचेतना कार्यक्रम गर्ने पनि बताए । त्यस्तै नगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्वन्यवन गर्नमा सहयोग गरेकोमा सभाका सबैलाई धन्यवाद पनि दिएका छन् । नगर सभाले सन्सोधनसहित योजना, कार्यक्रम र बजेट सर्वसम्मत रुपले पारित गरेको छ । बिगतको पाँच बर्षमा यो पहिलो पटक हिउँदे अधिवेशन भएको हो ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१