Siraha Times
ताजा समाचार

नक्कली नोट सहित दुई जना प्रहरी नियन्त्रणमा

  • माघ २२, २०७९
  • ७१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल माघ २२ । मधेश प्रदेश प्रहरीकाे कमाण्डमा खटिएको प्रहरी टोलीले लाहान स्थित पशुपति आदर्श माविको गेट क्षेत्रबाट नक्कली नोट सहित २ जना मानिस नियन्त्रणमा लिएको छ । माघ २१ गते करीब २०:१५ बजेको समयमा लहान नगरपालिका वडा नं. ८ पशुपती स्कुलको गेट नजिक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट कारोवारमा सँगल्न दुई जनालाई पक्राऊ गरेकाे छ । प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीमा ईलाका प्रहरी कार्यालय लहान प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षकको कमाण्ड तथा सशस्त्र प्रहरी बल नेपाल लहान सिरहाबाट खटिएको संयुक्त टोलिकाे संयुक्त बलले नियन्त्रणमा लिएको हो । सिरहाकाे लहान नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३० को अर्मान सेख र ऐ.ऐ. वडा नं. १९ छरापट्टी बस्ने बर्ष ३० को ओसिन सेखलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ४,३५,०००।– ( चार लाख पैंतिस हजार) नक्कली नोट र सोही आकारको कागजातहरु ३३ (तेत्तिस) बंडल, मोबाईल थान- ३, सिम थान-४ फेला पारेको छ । बरामद गरिएको सामग्री सहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालत सिराहाबाट मुद्रा सम्बन्धी कसुरमा ५(पाँच) दिनकाे म्याद लिई थप अनुशन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१