कृषि क्षेत्रमा ज्वलन्त उदाहरण बन्दै भण्डारी

  • माघ १९, २०७९
  • ६७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १९ । नेपालमा कृषि बालीहरूको उत्पादनमा मौसमी प्रभाव र अन्य कारणहरूले व्यापक रूपमा उतार-चढाव आउने गरेको छ । २०३२ देखि २०४६ सम्म कृषि उत्पादन औसत वार्षिक २.४ प्रतिशतको दरले बढेको अवस्था रहेको थियो । धान/ चामल सबैभन्दा महत्त्वपूर्ण अन्न बाली हो । २०२५ सम्म कुल धान उत्पादन १० लाख टनको हाराहारी थियो भने २०४५ मा ३० लाख भन्दा बढी उत्पादन भयो । वर्षामा हुने परिवर्तनको कारण, धानको उत्पादनमा उतारचढाव धेरै नै सामान्य थियो; यद्यपि नयाँ खेति प्रविधि र खेती गरिने जमिनमा बृद्धि भएपछि धानको उत्पादन बढेको छ । नेपालको २७ लाख हेक्टर जमिनमध्ये १३ लाख हेक्टर मा मात्र सिंचाई सुविधा छ । अधिकांश सिंचाई प्रणालीहरू साना र मध्यम-स्तरका छन् ।

आम किसान धान बालि अतिरिक्त अन्य बालीहरू पनि उत्पादनमा लागेको पाइन्छ । राजनीति देखी कृषि क्षेत्रसम्म पहिचान बनाएका हरी भण्डारीले आफ्नै बलमा विभिन्न तरकारी खेतीहरू लगायत टर्की पालन, बाख्रा पालन , भैंसी पालन लगायतका कामहरु गरेर जिल्लाकै नमुना किसानको रूपमा परिचित बन्दै आएको अवस्था रहेको देखिन्छ । उनले आफ्नै घर बारीमा गड्यौला खेती लगायतका खेति गरेर एउटा नमुना किसानको रूपमा परिचित बन्दै गर्दा गड्यौला खेती के हो भन्ने सन्दर्भमा उनी भन्छन् । खेतबारीमा पाइने छवाली, ढोड, फलफूलका बोक्रा र तरकारीका बोट तथा पात प्राप्त हुन्छन् । यी वस्तु टिनको बाकस, काठको बाकस वा माटाका भाँडामा तह तह बनाएर राखिन्छ । त्यसमा गड्यौला राखी बनाएको मललाई गँड्यौले मल भनिन्छ । यसरी गरिने खेतीलाई गँड्यौला खेती भनिन्छ। ।

यो मल कालो, गन्ध विहिन र बुरबुराउँदो हुन्छ । यसमा साधारण कम्पोष्ट मलभन्दा खाद्य तत्त्वहरू बढी रूपमा पाईन्छ । यो मलमा पानी सोस्ने भारपातहरू र घरेलु फोहोरबाट बन्ने हुँदा वातावरण सफा देखिन्छ। गँड्यौला मल बढी उत्पादन भएमा हाँस, कुखुरा आदिको आहारा बनाउन सकिन्छ । यस मलमा विषालु तत्त्व र अनावश्यक बिउ पाइँदैन । गँड्यौला कृषकका असल मित्र हुन् । किनकि गँड्यौलाले बोटविरुवाका लागि माटो खुकुलो र मलिलो बनाउँछन् । जसले गर्दा उत्पादनमा वृद्धि भई किसानको जीवनस्तर सुदृढ बन्दै जान्छ । हाँस कुखुरा पालनका लागि पनि गँड्यौला आवश्यक मानिन्छ । त्यसकारण कृषकका लागि गँड्यौला असल मित्र हुन् ।

- मलका लागि नवलपरासीको सुनवल नगरपालिका वडा नं १३ को मिनी बडेरामा गड्यौला खेती सुरु गरिएको छ । उक्त ठाउँमा स्थानीय कृषक तथा राजनितिककर्मी हरी भण्डारीले विगत केही सयमदेखि मल उत्पादनका लागि भनेर गाउँमै गड्यौला खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१