Siraha Times
ताजा समाचार

कृषि क्षेत्रमा ज्वलन्त उदाहरण बन्दै भण्डारी

  • माघ १९, २०७९
  • ८७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ १९ । नेपालमा कृषि बालीहरूको उत्पादनमा मौसमी प्रभाव र अन्य कारणहरूले व्यापक रूपमा उतार-चढाव आउने गरेको छ । २०३२ देखि २०४६ सम्म कृषि उत्पादन औसत वार्षिक २.४ प्रतिशतको दरले बढेको अवस्था रहेको थियो । धान/ चामल सबैभन्दा महत्त्वपूर्ण अन्न बाली हो । २०२५ सम्म कुल धान उत्पादन १० लाख टनको हाराहारी थियो भने २०४५ मा ३० लाख भन्दा बढी उत्पादन भयो । वर्षामा हुने परिवर्तनको कारण, धानको उत्पादनमा उतारचढाव धेरै नै सामान्य थियो; यद्यपि नयाँ खेति प्रविधि र खेती गरिने जमिनमा बृद्धि भएपछि धानको उत्पादन बढेको छ । नेपालको २७ लाख हेक्टर जमिनमध्ये १३ लाख हेक्टर मा मात्र सिंचाई सुविधा छ । अधिकांश सिंचाई प्रणालीहरू साना र मध्यम-स्तरका छन् ।

आम किसान धान बालि अतिरिक्त अन्य बालीहरू पनि उत्पादनमा लागेको पाइन्छ । राजनीति देखी कृषि क्षेत्रसम्म पहिचान बनाएका हरी भण्डारीले आफ्नै बलमा विभिन्न तरकारी खेतीहरू लगायत टर्की पालन, बाख्रा पालन , भैंसी पालन लगायतका कामहरु गरेर जिल्लाकै नमुना किसानको रूपमा परिचित बन्दै आएको अवस्था रहेको देखिन्छ । उनले आफ्नै घर बारीमा गड्यौला खेती लगायतका खेति गरेर एउटा नमुना किसानको रूपमा परिचित बन्दै गर्दा गड्यौला खेती के हो भन्ने सन्दर्भमा उनी भन्छन् । खेतबारीमा पाइने छवाली, ढोड, फलफूलका बोक्रा र तरकारीका बोट तथा पात प्राप्त हुन्छन् । यी वस्तु टिनको बाकस, काठको बाकस वा माटाका भाँडामा तह तह बनाएर राखिन्छ । त्यसमा गड्यौला राखी बनाएको मललाई गँड्यौले मल भनिन्छ । यसरी गरिने खेतीलाई गँड्यौला खेती भनिन्छ। ।

यो मल कालो, गन्ध विहिन र बुरबुराउँदो हुन्छ । यसमा साधारण कम्पोष्ट मलभन्दा खाद्य तत्त्वहरू बढी रूपमा पाईन्छ । यो मलमा पानी सोस्ने भारपातहरू र घरेलु फोहोरबाट बन्ने हुँदा वातावरण सफा देखिन्छ। गँड्यौला मल बढी उत्पादन भएमा हाँस, कुखुरा आदिको आहारा बनाउन सकिन्छ । यस मलमा विषालु तत्त्व र अनावश्यक बिउ पाइँदैन । गँड्यौला कृषकका असल मित्र हुन् । किनकि गँड्यौलाले बोटविरुवाका लागि माटो खुकुलो र मलिलो बनाउँछन् । जसले गर्दा उत्पादनमा वृद्धि भई किसानको जीवनस्तर सुदृढ बन्दै जान्छ । हाँस कुखुरा पालनका लागि पनि गँड्यौला आवश्यक मानिन्छ । त्यसकारण कृषकका लागि गँड्यौला असल मित्र हुन् ।

- मलका लागि नवलपरासीको सुनवल नगरपालिका वडा नं १३ को मिनी बडेरामा गड्यौला खेती सुरु गरिएको छ । उक्त ठाउँमा स्थानीय कृषक तथा राजनितिककर्मी हरी भण्डारीले विगत केही सयमदेखि मल उत्पादनका लागि भनेर गाउँमै गड्यौला खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१