Siraha Times
ताजा समाचार

चिसो बढ्न थालेपछि भगवानपुर अति विपन्न मुसहर समुदायलाई चिन्ता

  • माघ ७, २०७९
  • ११७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान २०७९ माघ ७ गते चिसो बढ्न थालेपछि सिरहाको भगवानपुर अति विपन्न मुसहर समुदायमा चिन्ता थपिएको छ । प्रत्येक वर्ष जाडोमा कठ्यांग्रिँदो दैनिकी बिताउने मुसहर समुदाय कसरी ज्यान जोगाउने चिन्तामा छन् । उनीहरु के लाउने, के ओछ्याउने र के ओढ्ने भन्ने चिन्तामा छन् । जाडो जेनतेन काटिए पनि पुस र माघको शीतलहर कसरी काट्ने चिन्ताले यस भेगका बिपन्नलाई सताएको छ । चरम आर्थिक अभावमा रहेका उनीहरुका लागि जाडो मौसमको सहारा पराल नै बन्ने गरेको छ । ‘जाडो महिनामा पराल नै हाम्रो साहरा बन्छ, परालै ओढ्छौं, परालै ओछयाउँछौं र परालकै आगो ताप्छौं,’ सिरहाकाे भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगर का मुसहरी टोलका स्थानीय सदायले भने, ‘हामी गरिबसँग अन्य विकल्प छैन के गर्ने बाध्यता हो ।’ जाडोयाममा ज्यान जोगाउने सकससँगै यस बस्तीमा हातमुख जोड्ने सकस हुने गरेको उनीहरु बताउँछन् ।

जाडोयाममा भगवान् भरोसा गुजारा चल्ने गरेको फकिरले बताए । ‘जाडोमा बाहिर काम गर्न हिम्मत हुन्न, बाहिर काम गर्न नगए हातमुख जोड्न समस्या हुन्छ, उनले भने । गरिबीका कारण टुटेको घरमा बस्नु परेको र च्यातेको कपडा लाउनु परेको अधिकांश मुसहरको भनाइ छ । प्रत्येक वर्ष जाडो मौसम सुरु हुनासाथ गाउँका साहुमहाजनले दिने पुरानो कपडा उनीहरुको जाडो छल्ने उपाय बन्ने गर्छ । भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव फाेटाे खिच्नेमा बेस्त छ।तर हाम्रो मुसहर समुदायलाई जाडो मा धेरै कठिनाई भइरहेको छ।तर स्थानीय सरकार हाम्रो लागि केही गरेको छैन ।स्थानीय सरकार र वडा अध्यक्ष हरू आफ्नो कामकाजमा बेस्त छ।तर हामीहरू धेरै कठिनाई काे जिबन बिताई राखेको छु स्थानीय मुसहर भनाइ ।

अलिअलि घामको सहाराले दिन बिताए पनि रात कटाउन निकै गाह्रो हुने गरेको उनले बताए । ‘घरका बालबालिकालाई च्यातेको लुगा र पराल ओढाएर सुताउँछौं, सिरहा मरिकटाेल काे सदायले भनिन्छ, ‘हामी बूढाबूढीको सहारा आगो ताप्ने घुर नै हो ।’ उनले थपिन, ‘मंसिरमा गिरहतको धान काटेर ल्याएको पराल हाम्रो चुलोदेखि ओढ्ने ओछ्याउने सहारा बन्छ ।’ निरन्तरको शीतलहर र चिसोले यहाँको विपन्न तथा मुसहर बस्ती र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सबैभन्दा बढी प्रभावित हुँदै आएको भगवानपुर गाउँपालिका ३ का स्थानीयले बताए । पुस र माघको बाक्लो हुस्सु र चिसो हावाका कारण उनीहरुको जीवन झन् कष्टकर बन्छ । गरिबीका कारण बूढाबूढीहरु न्यानो लुगा र तागतिलो खानपान बन्दोबस्त गर्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१