Siraha Times
ताजा समाचार

हसिलो अनुहारमा देखिए बस्नेत दम्पती

  • माघ ५, २०७९
  • १०६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ ४ । तराई मधेशमा चिसोले गर्दा आम जीवनमा प्रत्यक्ष्य प्रभाव परिरहेको अवस्थामा सरकारले राहत सामग्री अन्तर्गत दाउरा लुगा लगायतका सामाग्रीहरू वितरण गर्दै आएको देखिन्छ । सिरहाको धनगढीमाई १४ को अमिल्टार बस्तीका करिब ७५ वर्षिय वृद्ध झनक बहादुर बस्नेत दम्पतीको सहारा कोही नभएको खवर पाएपछि पत्रकारहरुको एक टोली उक्त ठाउँमा पुगेर बस्नेत दम्पतीको अवस्थाको बारेमा स्थलगत अबलोकन केही महिना अगाडि गरेका थिए । अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेका बस्नेत दम्पतीको अवस्थाको बारेमा वडा अध्यक्ष अमित ठकुरीलाई पत्रकारहरुले तत्काल भेटेर जानकारी गराएपछि वडा अध्यक्ष अमित ठकुरी ज्यूले पत्रकार मार्फत पहल गराएर बस्नेत दम्पतिलाई तत्कालका लागि राहत स्वरुप चामल र सिरक सहयोग गराउन सफल भएका छन । राहत स्वरुप वडाका एक ९३ वर्षिय बृद्धलाई ज्याकेट प्रदान गरिएको छ भने बिहीवारे बजारमा निम्न आर्थिक स्थिति भएका एक युवालाई ज्याकेट प्रदान गरिएको छ । वडा कार्यालय नजिकमा रहेका एक अर्को बृद्धलाई समेत सिरक सहयोग प्रदान गरिएको हो । तत्कालका लागि अति पिपन्न वर्गलाई उक्त राहत सामग्री वितरण गरिएको वडा अध्यक्ष अमित ठकुरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१