Siraha Times
ताजा समाचार

सिरक वितरणले स्थानिय खुशी

  • पुस ३०, २०७९
  • ११६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ३० । बढ्दो शितलहरको कारणले गर्दा अाम जीवन प्रभावित भएपछि स्थानिय प्रशासनले आम जनताको सुरक्षाका लागि आफ्ना कदमहरू चालिरहेका छन । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बरियारपट्टी गाउँपालिका वडा नं. ५ जानकीनगर स्थित प्रहरी चौकी जानकीनगर सिरहाको प्राङगणमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ज्युको प्रमुख आतिथ्यतामा सिरक वितरण गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी ज्यु, बरियारपट्टी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राम खेलन दास, वडा नं. ५ का वडा अध्यक्ष शिव नारायण यादव, प्रहरी चौकी जानकीनगर सिरहाका प्रहरी सहायक निरिक्षक राम बिनोद कुमार झा तथा प्रहरी जनशक्तिहरुको उपस्थितीमा वडा नं. २ र ५ का जेष्ठ नागरिकहरु, एकल महिलाहरु, अपाङ्ग तथा जाडोबाट प्रभावित आर्थिक स्थिती कमजोर भएका लक्षित वर्गका ११ जनालाई मानिसहरुलाई बढदो सितलहरमा न्यानोको लागी फाइवरको सिरक वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१