ताजा समाचार

सिरक वितरणले स्थानिय खुशी

  • पुस ३०, २०७९
  • १२५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ३० । बढ्दो शितलहरको कारणले गर्दा अाम जीवन प्रभावित भएपछि स्थानिय प्रशासनले आम जनताको सुरक्षाका लागि आफ्ना कदमहरू चालिरहेका छन । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बरियारपट्टी गाउँपालिका वडा नं. ५ जानकीनगर स्थित प्रहरी चौकी जानकीनगर सिरहाको प्राङगणमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल ज्युको प्रमुख आतिथ्यतामा सिरक वितरण गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी ज्यु, बरियारपट्टी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राम खेलन दास, वडा नं. ५ का वडा अध्यक्ष शिव नारायण यादव, प्रहरी चौकी जानकीनगर सिरहाका प्रहरी सहायक निरिक्षक राम बिनोद कुमार झा तथा प्रहरी जनशक्तिहरुको उपस्थितीमा वडा नं. २ र ५ का जेष्ठ नागरिकहरु, एकल महिलाहरु, अपाङ्ग तथा जाडोबाट प्रभावित आर्थिक स्थिती कमजोर भएका लक्षित वर्गका ११ जनालाई मानिसहरुलाई बढदो सितलहरमा न्यानोको लागी फाइवरको सिरक वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छेदीचौकमा दुईदिने कु ...

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दु ...

ठाडीको दुर्गाभगवती म ...

रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ...

खानेपानी तथा सरसफाइ ...

रहमुल, लहान, २ असोज। स्वस्थ, सफा र समृद्ध समाज निर्माणका लागि सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤