सुनवलमा एकाबिहानै दुर्घटना हुदा एकको मृत्यु, एक जना घाइते

  • पुस २९, २०७९
  • १०७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा नवलपरासी, पुस २९ । बिहान ६ बजे सुनवलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका- १४ शिवनगर बस्नेबर्ष ५२ को राज कुमार बि.क. रहेको छ । दुर्घटनामा परी टाउको र शरिरको बिभिन्न भागमाचोट लागी घाइते अबस्थामा रहेको उनलाई प्रहरीले तत्काल उद्धार गरि उचपारको लागी पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा पुर्याउदा ०७:१५ बजे डाक्टरले मृत्यु घोषण गरेका हुन । उनको शव सोही अस्पतालमा राखेका छन । सुनवल नगरपालिका - ४ अल्कत्रेडाडास्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ९६३१ नं. पिकअप र बिपरित दिशाबाट जादै गरेको ना ५ ख ९७१५ नं. को कोइला लोड गरेको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुंँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाको खबर पाउना साथ ई.प्र.का. सुनवलबाट प्र.नि. विष्णु प्रसाद पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई स्थानीय मानिसहरुको सहयोगमा पिकअपचालकलाई उद्धार गरि अस्पताल पुर्याएको थियो । साथै सोही पिकअपमा सवार महानगरपालिका - २३ वार्ड बस्ने अन्दाजी २५ बर्षको शिव श्रेष्ठको टाउको र दुवै खुट्टामा चोट लागि घाइते भएको छ । उनलाई उद्धार गरी उपचारको लागी देवदह मेडिकल कलेज भलुहीमा पठाईएको प्रहरीले जनाएको छ । उनको अबस्था सामन्य रहेको छ । ट्रक चालक मकवानपुर मनहरी गाउंँपालिका - ३ हांँडीखोला बस्ने बर्ष ४८ को कान्छा तामाङ र दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको छ । घटना के कसरी हुन गएको हो भन्ने बिषयमा आबस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहाको सुखिपुरमा जस ...

ओम प्रकाश यादव लहान, माघ १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको क्षेत्रीय कमिटी भेला सिरहा जिल्लाक ...

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१