भगवानपुरकाे :प्रसिद्धि धर्मिक स्थल श्री सन्यासी बाबा मन्दिर

  • पुस २३, २०७९
  • २१७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव सिरहा पुस २३ गते । मधेश प्रदेश को सिरहा जिल्लामा पर्ने भगवानपुर गा पा वडा नं.२ गम्हरीयामा अवस्थित संन्यासी बाबा पनि शक्तिशाली पीठहरु मध्ये एक हो । गम्मशरीया चौक देखि २५० मीटर पुर्वमा अवस्थित संन्यासी बाबा मन्दिर को गथा र प्रसिद्धि नेपाल तथा भारतमा समेत रहेको छ । प्रत्येक दिन श्रद्धालु दुरदराज बाट आउने गर्दछ । मनोकामना पुरा भएकाहरुले चढाउने र पुजापाठ गर्ने गर्दछन । सन्यासी बाबा मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर भारतीय सीमा देखि ४ किलोमिटर उत्तरमा गम्हरीया रहेकोले भारतिय श्रद्धालुहरुको निकै भिड हुन्छ ।

यस मन्दिरमा हिन्दुहरूको प्रत्येक दिन ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ घण्टी ,दही चिनी ,लड्डु ,झाप, ऋिषृल, चढाउने गरिन्छ र चढाएपछि दही चिनि बाबाको स्थानमा खुवाउने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेको मन्दिरको पुजारी शियाराम बाबा बताएका छन् । सडक मार्गबाट प्रवेश गर्ने सम्पूर्ण आन्तरिक तथा बाह्रय पर्यटकहरु भगवानपुर गा पा प्रवेश गर्ने हुलाकि राजमार्ग मार्गबाट सजिलै पुगन सक्ने साईकल, गाडी र पैदल यात्राबाट पनि पुग्न सकिने स्थानिय प्रबिन यादवले बताउनु भयो । श्री संन्यासी बाबा मन्दिर कुनै नया र हालमा स्थापित शक्तिपीठ नभई प्राचीन कालदेखि स्थापित शक्तिपीठ हो । भक्तजनहरुमा आस्था र भरोसाको केन्द्र संन्यासी बाबा मन्दिर त्यसै प्रसिद्ध नरहेको बताउछन स्थानीय बुजुर्गहरु यहॉ आएर मनमा रहेको ईच्छा आकांक्षा समेत पुरा हुने जनविश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१