Siraha Times
ताजा समाचार

पसलबाट सामान चोरी

  • पुस ११, २०७९
  • ८१९ पटक पढिएको
  • मनु यादव
alt

बिनोद मण्डल पुस ११ । सिरहाको धनगढीमाई १२ स्थित भरत किराना पसलबाट पसलका सामान चोरी भएको छ । धनगढीमाई १२ को ठूलो पोखरी तल्लो विष्णुपुरमा गए राति चोरी भएको हो । पशलको उत्तरतिरको माटोले लिपेको वालको माथिल्लो भागमा फोडेर करिब ५५ हजार बराबरको किराना सामानहरू चोरी भएको पसल संचालक भरत मण्डलका छोराले बताएका छन् । गए राति करिब १ बजेको समयमा भएको चोरीको बारेमा बिहान करीब ५ बजेको समयमा पशल खोल्दा थाहा पाएको मण्डलका छोराले बताएका छन् । चोरीको बारेमा ईलाका प्रहरी कार्यालय ठटिया स्थलगत विवरण लिएर अनुसन्धान गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१