Siraha Times
ताजा समाचार

हिमालय सुगर मिलकाे उद्दघाटन पूजामा माहुरीको आक्रमण

  • मंसिर २७, २०७९
  • १११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल , मंसिर २७ । सिरहाको नरहा गाउँपालिका स्थित पानवारीमा रहेको हिमालय सुगर मिलले आयोजना गरेको सातौं वार्षिक मिल उद्दघाटन ,संचालन तथा उखु प्रदर्शन कार्यक्रममा माहुरीको आक्रमण भएको हो ।जिल्ला भरीका उखु किसानहरुलाई बिहान करिब ९ बजेको लागि बोलाइएको मिलको डोङगा पूजा स्थल अर्थात् उखु ब्यबस्थापन हुने परिसरको म्यासिनको माथिल्लो भागमा माहुरीले अघिदेखि लगाई राखेको दुई ओटा घारको तल्लो भागमा मिलद्धारा आयोजित पूजामा करिब ३०० जति उखु किसान लगायत सिरहाका सहायक प्रमूख जिल्ला अधिकारी आनंद पौडेल लगायत मिल संचालक ,पत्रकार लगायतका उपस्थितिमा आयोजित कार्यक्रममा पूजाको विधि शुरु भएपछि होमको धुवाँले कार्यक्रमको माथिल्लो भागमा रहेको माहुरीलाई असर गरेपछि माहुरीले आक्रमण गर्दा कार्यक्रम स्थलमा भागदौड मच्चिएको थियो । माहुरीले मिलका प्रमूख लगायत करिब तीन जनालाई अस्पताल भर्ना हुने गरी घाईते बनाए पछी कार्यक्रम स्थलमा भाग दौड भएपछि तत्काल उक्त स्थानबाट कार्यक्रम परिसरको अनि ठाउँमा सारिएको थियो भने आगो बालेर धुँवाको सहयोगमा माहुरी धपाइएको थियाे ।

कार्यक्रम प्रत्येक वर्ष मिल संचालन हुनु अगाडी विशेष पूजा गरी कार्यक्रम अगाडि बढाउँदै आएको जिएम अवध किशोर यादवले बताए । पत्रकारको एक जिज्ञासामा उनले भने " माहुरी यहाँ लामो समयदेखि बस्दै आएको तर कुनै वर्ष यसरी घटना गराएको थिएन तर यस पटक हामीलाई आक्रमण गरेर अथितीहलाई कार्यक्रम स्थलबाट भाग्न विवस बनाएको छ " माहुरी घारको उचित ब्यबस्थापन नहुँदा उखु किसान र कामदारहरुलाई मिल सञ्चालन अबधिमा पर्न सक्ने सम्भावित दुर्घटना प्रती मिल प्रशासनले तत्काल ध्यान केन्द्रित गर्न जरूरी छ । माहुरीको आक्रमण पछि पण्डितले कम्बल ओढेर पूजा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१