Siraha Times
ताजा समाचार

डावर गोल्ड कपमा गाईघाटको अग्रता

  • असोज १७, २०७९
  • ९२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १७ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ धनगढीमाईकाे डावरमा जारी दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ को तेस्रो दिनको मैत्रीपूर्ण खेलमा गाईघाट युनाईटेडले आफनो अग्रता कायम राख्न सफल भएको आयोजक कमिटीका अध्यक्ष तथा निवर्तमान जिल्ला खेलकुद बिकास समिती सिरहाका कोषाध्यक्ष श्रवण ठकुरी ज्यूले जानकारी दिनुभएकाे छ । स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ भइरहेको फुटवल प्रतियोगिता अन्तर्गत आज भएको युनाइटेड गाईघाट उदयपुर र आयो गोर्खाली महोत्तरी बर्दिवास बिच भएको मैत्रीपूर्ण खेलमा चार (४) एक (१) को अन्तरले युनाइटेड गाईघाटले अग्रता लिएको छ । डावरको खेल मैदानमा जारी रहेको खेल अन्तर्गत आज दिउसो करिब ३ बजेर ५८ मिनेटको समय अन्तरालमा शुरू गरिएको खेलमा खेल मैदानमा प्रवेश गर्नु भन्दा अगाडी नेपालको राष्ट्रिय झण्डालाई अगाडि राखेर पञ्चकन्या सहित खेल मैदानको दक्षिणी भागबाट खेलाडीहरुलाई मैदान प्रवेश गराएका थिए भने मैदानको मध्यमा पुगेका खेलाडीहरुले बाजाको तालमा राष्ट्रिय गान गाएर खेलको थालनी गरेको स्थानिय बाैद्धिक व्यक्तित्व अर्जुन ठकुरी ज्युले जानाकारी दिनु भएको छ ।

No description available.

युनाइटेड गाईघाट र आयो गोर्खाली बर्दिवास

बीच अाज दिँउसो भएको फुटवल प्रतियोगिता खेलमा खेलको करिव ४.२१ बजेको समयमा पहिलो गोल गाईघाट युनाइटेडका जर्सी नम्बर १४ का सनम राईले गरी खाता खोलेका थिए भने दोस्रो गोल पुन खेलको करिव ३१ औं मिनेटमा जर्सी नम्बर ८ का सुनिल खड्काले गरेका थिए । जारी खेलमा अग्रता कायम राख्दै गरेका युनाईटेडले हाफ टाइम पछि करिब खेलको ४३ औं मिनेटमा जर्सी नम्बर ११ का प्रविन राईले तेश्रो गोल थपेका थिए । अत्यन्त रोमाञ्चक बन्दै गएको मैत्रीपूर्ण खेलमा युनाइटेडका तर्फबाट जर्सी नम्बर ३ का अर्जुन रानाले चौथो गोल थपेपछि युनाइटेड गाईघाटले बर्दिवासलाई ४ गोल गर्न सफल भएका थिए ।

पूर्व निर्धारित समयमा समय थप गारिएपछि आयो गोर्खाली बर्दिवासका खेलाडी जर्सी नम्बर ७ का अमित अधिकारीले एक गोल फर्काएका थिए । खेल अवधिमा बर्दिवासका खेलाडी जर्सी नम्बर १२ का मंजिल आले मगर र जर्सी नम्बर ९ का क्षितिज भण्डारीले येलो कार्ड पाएका थिए । खेल अवधिमा बर्दिवासले आफना तीन खेलाडी परिवर्तन गरेका थिए भने गाईघाटले दुई खेलाडी परिवर्तन गरेका थिए । खेलको प्रारम्भ गाईघाट युनाइटेडका जर्सी नम्बर ९ का खेलाडीले गरे भने हाफ टाइमपछि बर्दिवासका खेलाडी जर्सी नम्बर १६ का खेलाडीले गरेका थिए ।

धनगढीमाई १३ ले आयोजना गरेको दोस्रो डावर गोल्ड कपको तेश्रो दिनकाे खेलमा वडा अध्यक्ष सूर्यमान तामाङ , वाडा अध्यक्ष अमित ठकुरी, इलाका प्रहरी कार्यालय ठटियाका प्रमुख, स्थानिय समाजसेवी गोकुल पोखरेल लगायतको मानुभावहरुको उपस्थितिमा अाजको मैत्रीपूर्ण खेल भएको थियो । खेलको अन्त्यमा म्यान अफ दि म्याच गाईघाट युनाइटेडका जर्शी नंबर तीनका खेलाडी अर्जुन मगर घोषित भएका थिए भने उनलाई सम्मान स्वरूप रु दुई हजार प्रदान गरिएको आयोजक कमिटीले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१