समाजमा धार्मिक प्रहार जारी सोचाइ अलग अलग

  • भदौ १३, २०७९
  • ७२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १३ । समाज नियन्त्रणको बलियो आधारकाे रूपमा रहेको धार्मिक आस्था माथि पक्षीमा प्रहार जारी रहेको छ । सनातन हिन्दु धर्म अनुसार मानव बीचमा कुनै जातपात खडा नभएर मानविय ब्यबहार द्वारा सिर्जित जातिय प्रथाले गर्दा समाजमा गतल भ्रमहरु पैदा हुनु गलत पक्कै पनि हो । आजभोलि धर्म माथि जुन प्रहार भइरहेको छ त्यो नेपाली समाजको लागि चुनौती बनिरहेको छ । हिन्दू आस्थामाथि अनेकन बाहानामा पटक पटक प्रहार गरिनु सामाजको लागि हितकर कदापि हुन् सक्दैन । गाँउ गाँउमा नयाँ धर्मको भौतिक संरचनाको निर्माण गरेर समाजमा भ्रम पैदा गराउने अनि सनातन धर्मको खिल्ली उडाउनु भनेको नेपाली धार्मिक सांस्कृतिक स्थलहरूको उजाड गर्नु हो । आजभोलिकाे बाहिरी तत्व र पश्चिमीली शैलीको अनुकरणले गर्दा हिन्दु धर्मलाई बार बार वेइजत गरिएको छ । धर्मप्रति जन्तामा गलत भ्रम पैदा गराई देशलाई बिखण्डन गराई शान्ति भंग गर्नु हो । समाजमा हिन्दूत्व बिर्सेर राष्ट्रिय अखण्डताको भ्रममा पर्नु ठूलो भूल हुनेछ छ। धर्म आफैमा पबित्र छ तर यस्लाई गलत तरिकाले पस्केको हुनाले अहिलेका युवालाई भ्रममा पारिएको छ। सामाजिक सञ्जालमा गलत तरिकाले धर्मलाई प्रस्तुत गरेको कारण युवावर्गमा गलत आधार र विचार आउनु अनी किताब ,ग्रन्थ यथार्थ न पढेर अर्काको धर्मको अनुकरण गर्नु ठुलो भुल हो । धर्म आमा सरह हुन्छ र त्यस्को रक्षा गर्नु हाम्रो कर्तव्य । कुनै पनि धर्मको निन्दा न गर्नु यहि धर्मले सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

नेशनल मेडिकल कलेज तथ ...

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१