ताजा समाचार

सिरहामा दलित अधिकार सप्ताह २०७९ भव्यरुपमा मनाईयो

  • भदौ ६, २०७९
  • १३३३ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷भाद्र ६ गते
दलित अधिकार र मानव अधिकार क्षेत्रमा कृयासिल रहेको राष्ट्रीय दलित नेटवर्क संस्थाको २२ औ साल स्थापना दिवसको अवसरमा देशभरि नै दलित अधिकार सप्ताह २०७९ विभिन्न कार्यक्रम गरि मनाईरहेको छ । दलित अधिकार सप्ताह मनाउने क्रममा मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारमा भव्यताका साथ मनाएका छन । हरवा चरवा को मुक्तिको सन्दर्भ र पुनःस्थापनाको सवालमा दलित विकास मञ्च सिरहा र नेपाल ग्रामिण पुर्नःनिमार्ण संस्थाको सहकार्य र जिल्ला हरवा चरवा मञ्च सिरहाको आयोजनामा सम्मपन्न भएको हो ।
दलित अधिकार सप्ताह २०७९ को कार्यक्रममा गोलबजार नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष सकलदेव यादवले आफुले दलित अधिकार सप्ताह कार्यक्रममा सहभागि हुन पाउँदा खुसिरहेको बताउनु भयो । आफुले हरवा चरवा को हक अधिकारको लागि गर्नुपर्ने काम गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा भुमिअधिकार कर्मी अरुण सदाले हरवा चरवा, भुमिहिन, सुकुम्बासि र दलितहरु लाई स्थानिय सरकारले वास्ता नगरेको दुखेसे पोखेको छ । कार्यक्रममा राष्टिय हरवा चरवा मञ्चको केन्द्रीय कोषाध्यक्ष राजवति मण्डलले हरवा चरवा मुतmीको घोषणाले मात्र नपुग्ने भन्दै पुनःस्थापन«ाका लागि निरन्तर संघर्ष गर्नुपर्ने बताएकी छीन । कार्यक्रममा नेपाल ग्रामिण पुर्नःनिमार्ण संस्थाका कार्यक्रम संयोजक मनोज सिंहले हरवा चरवा को आफनो संस्थाले हरवा चरवाको लागि पुनःस्थापनसहितको प्याकेज  सहितको कार्यक्रम सरकारले ल्याउनुपर्छ भन्ने लवि गरिरहेको बताउनुभएको छ । दलित विकास मञ्च सिरहाको सचिव रामचन्द्र महराले हरवा चरवा को मुतिm कागजमा घोषणा ले मात्र नपुग्ने भन्दै लागु गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला हरवा चरवा मञ्चका सिरहा जिल्ला अध्यक्ष श्याम सुन्दर सदाले गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤