Siraha Times
ताजा समाचार

कतारमा यादव सेवा समाज कतारद्वारा भगवान कृष्णको जन्मोत्सव धूमधामका साथ मनाए

  • भदौ ४, २०७९
  • २०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा कतार - कतारमा रहेका यादव युवाहरुद्वारा संचालन गरेको यादव सेवा समाज कतारद्वारा भगवान श्री कृष्णको जन्मअष्टमी पर्व शुक्रवारकादिन सनैया ४७ मा धूमधाम तथा भव्यताका साथ मनाएका थिए , गत शुक्रबार सनैयामा औपचारिक कार्यक्रमको आयोजना गर्दै समाजले भगवान श्री कृष्णको जन्मदिनको सम्झनामा पुजापाठ तथा भोज कार्यक्रम गरेको थियो ।त्यसमा वैदिक सत्य सनातन धर्मावलम्बीहरूले उक्त दिन जागराम बसी श्रद्धा, भक्तिपूर्वक भजन कीर्तन गरी कृष्ण जन्माष्टमी पर्व मनाएको थियो । कृष्णको श्रद्धापुर्वक पुजा अराधाना गर्नाले मनमा चिताएको पूरा हुने धार्मिक विश्वास छ । भगवान कृष्णले आफ्नै मामा कन्सको बध गरेर अन्याय र अत्याचार गर्नेहरुको जित हुदैन भन्ने कुरा धर्म शास्त्रहरुमा उल्लेख गरेको पाईन्छ ।

alt
यादव सेवा समाजका अध्यक्ष भोगेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधिहरु पत्रकार, कालाकार, समाजसेवी बुद्धिजीवीहरु लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा आफ्ना उपस्तिथि जनाउदै अन्तराष्ट्रीय मिथिला कला परिषद युवाहरु आफ्ना बाजा गाजाका बेजोर प्रस्तुति दिएका थिए । साथै भजन कीर्तन मण्डलीसंग आयोजकका तर्फबाट श्री कृष्ण राधा स्वरुक अभिनय पनी गरेका थिए उक्त आयोजनाको प्रमुखता गरेका १६ जना को श्री नागेस्वर यादव (संरक्षण अध्यक्ष) श्री भोगेन्द्र यादव (अध्यक्ष) श्री अर्जुन यादव (सचिव ) श्री राम कुमार यादव (उपाध्यक्ष ) श्री धर्मेन्द्र यादव ( उपाध्यक्ष ) श्री अभिमनु यादव (कोषाध्यक्ष ) श्री जय प्रकाश यादव (संयोजक सं.सं.व्यवस्थापन) श्री संतोष यादव (युवा संयोजक ) श्री दिपक यादव (मिडिया संयोजक ) श्री शिवनाथ यादव श्री संजय यादव श्री दिनेश यादव श्री जितनरायण यादव श्री बिनोद कु. यादव श्री रबिन्द्र यादव श्री धर्मेन्द्र कु.यादव टीमले श्रमदान गरी पूर्णरूपले पुन्य कमाएका मान्यता यदुबंसी समाज छ । आयोजक कमिटी यादव सेवा समाजको तर्फबाट समाज सेवि मनिष यादव पहलमा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेर आउने पाहुनाहरुलाई स्वागत सत्कार गरेका थिए ।
कार्यक्रम को अन्तिम मा सबै सहभागी पाहुनाहरु लाई श्याम साह को टिमले मिथिला परमपराको अनुसार ११ परिकार भएको व्यण्जन द्वारा भोजन गराइएको थियो! कार्यक्रम लाई थप ब्यवस्थित बनाउन अन्य समाजका सामाजिक अभियन्ता हरुले आ आफ्नो तर्फ बाट सहयोग पुर्याएको थियो!

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१