लाहान प्राविधिक शिक्षालयकाे बैठक सम्पन्न

  • भदौ ३, २०७९
  • १२०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ २ । मधेश प्रदेशको सिराहा जिल्लाको लहानमा रहेको प्राविधिक शिक्षालयमा समसामायिक बिषय बस्तुमा आधारित छलफल सम्पन्न भएको छ । मधेश प्रदेशको नमुनाको रूपमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत लाहान प्राविधिक शिक्षालयको का. मु . शिक्षालय प्रमुख राजेन्द्र प्रसाद चौधरीको कार्यकक्षमा आयोजित कार्यक्रममा प्राविधिक शिक्षालयको समसमायिक विषय वस्तुमाथि व्यापक छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी,लाहान नगर प्रमुख महेश चौधरी , लहानका डिएस्पी कुमार प्रसाद मैनाली लगायत प्राविधिक शिक्षालयका शिक्षक समेतको सहभागीतामा भएको कार्यक्रममा मेयर चौधरीले प्राविधिक शिक्षालय लहानको ऐंना भएकोले यसका भौतिक पूर्वाधार विकास आवस्यक रहेको बताउनु भएको छ । कार्यक्रमको समापन सँगै प्रमुख जिल्ला अधिकारी , मेयर चौधरी र शिक्षालयका उच्च व्यक्तिहरूले शिक्षालयका पुस्तकालय लगायतका भौतिक संरचनाको स्थलगत अनुगमन गर्दै प्राविधिक शिक्षालयको भौतिक वातावरण अशल रहेको प्रमूख जिल्ला अधिकारी लाल बाबु कवाडी ज्यूले बताउनु भएको छ । शिक्षालयको जीर्ण भौतिक संरचनाको मर्मत सम्भारमा आफूले ध्यान केन्द्रित गरेको शिक्षालय प्रमुख राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो । शिक्षालयको वातवरणीय पक्ष जे जस्तो भएपनि शिक्षालयमा बिधार्थी पहुंच बढाउन सडक मर्मत सम्भार गर्न एकातिर जरुरी देखिएको छ भने अर्कोतिर चर्को शुल्क घटाऊदा आम गरीब विद्यार्थीको पहुंच उक्त शिक्षालयमा बढ्ने देखिने भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१