Siraha Times
ताजा समाचार

लाहान प्राविधिक शिक्षालयकाे बैठक सम्पन्न

  • भदौ ३, २०७९
  • १४१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ २ । मधेश प्रदेशको सिराहा जिल्लाको लहानमा रहेको प्राविधिक शिक्षालयमा समसामायिक बिषय बस्तुमा आधारित छलफल सम्पन्न भएको छ । मधेश प्रदेशको नमुनाको रूपमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत लाहान प्राविधिक शिक्षालयको का. मु . शिक्षालय प्रमुख राजेन्द्र प्रसाद चौधरीको कार्यकक्षमा आयोजित कार्यक्रममा प्राविधिक शिक्षालयको समसमायिक विषय वस्तुमाथि व्यापक छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी,लाहान नगर प्रमुख महेश चौधरी , लहानका डिएस्पी कुमार प्रसाद मैनाली लगायत प्राविधिक शिक्षालयका शिक्षक समेतको सहभागीतामा भएको कार्यक्रममा मेयर चौधरीले प्राविधिक शिक्षालय लहानको ऐंना भएकोले यसका भौतिक पूर्वाधार विकास आवस्यक रहेको बताउनु भएको छ । कार्यक्रमको समापन सँगै प्रमुख जिल्ला अधिकारी , मेयर चौधरी र शिक्षालयका उच्च व्यक्तिहरूले शिक्षालयका पुस्तकालय लगायतका भौतिक संरचनाको स्थलगत अनुगमन गर्दै प्राविधिक शिक्षालयको भौतिक वातावरण अशल रहेको प्रमूख जिल्ला अधिकारी लाल बाबु कवाडी ज्यूले बताउनु भएको छ । शिक्षालयको जीर्ण भौतिक संरचनाको मर्मत सम्भारमा आफूले ध्यान केन्द्रित गरेको शिक्षालय प्रमुख राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो । शिक्षालयको वातवरणीय पक्ष जे जस्तो भएपनि शिक्षालयमा बिधार्थी पहुंच बढाउन सडक मर्मत सम्भार गर्न एकातिर जरुरी देखिएको छ भने अर्कोतिर चर्को शुल्क घटाऊदा आम गरीब विद्यार्थीको पहुंच उक्त शिक्षालयमा बढ्ने देखिने भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१