Siraha Times
ताजा समाचार

बलात्कारकाको आरोपित फरार मुद्दा, मिलाउन दुई घण्टा प्रहरी कार्मायालयमै बसे मेयर

  • साउन २२, २०७९
  • १०४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम:बलात्कार जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कारबाही दायरामा ल्याउन प्रहरीलाई सघाउनु भन्दा दोषी उम्काउन र मुद्दा मिलाउन जनप्रतिनिधिहरुलेनै प्रहरीमाथि दबाब सिर्जना गर्न लागेको बुझिएको छ । धनुषाको शहिदनगर नगरपालिका-३ स्थित होटल रोयल एण्ड फैमली रेस्टुरेन्टमा एक नाबालिकसँग भएको बलात्कारको मुद्दा मिलाउन सहिद नगर नगरपालिकाको मेयर र एक वडा अध्यक्ष प्रहरीमाथि दबाब सृजना गरेको खुलेको छ । शहिदनगर नगरपालिका-३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिक आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएपछि उक्त मुद्दा मिलाउनमेयर दिनेश प्रसाद यादव र वडा नं. ३ का वडाध्यक्ष मनोज दास ईलाका प्रहरी कार्यलय यदुकूहामा दौडधुप सुरु गरेको बुझिएको छ। नाबालिकको उजुरीपछि शुक्रबारनै बलात्कार आरोपमा एक युवकमाथि मुद्दा दर्ता गरिसके पनि आरोपित युवकलाई पक्राउ गर्न सकेको छैन् । सो मुद्दा कानुनी दायरामा ल्यानु भन्दा समाजमै मिलाउन शुक्रबार नगरपालिकाको मेयर यादव वडाध्यक्ष दास ईलाका प्रहरी कार्यालय यदुकूहा पुगेको थियो । यदुकूहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बलात्कार जस्तो जघन्य अपराधमा अनावश्यक दबाब नदिन निष्पक्ष अनुसन्धान गर्न दिन भनेपछि उनीहरू दुई घण्टापछि प्रहरी कार्यालयबाट बाहिरिएको थियो ।

प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको अवस्थामा मेयर यादव अध्यक्ष दासले अनुसन्धान प्रभावित पार्न खोज्दा प्रहरी निरीक्षक ढकालले जसरी पनि दोषीलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्ने भनेपछि उनीहरू निरास भएर प्रहरी कार्यालयबाट निस्केको एक प्रहरीले बताए । बलात्कार जस्तो घटनामा जनप्रतिनीधिले कारबाहीको लागि दबाब दिनुको साटो मुद्दा मिलाउन दबाब दिईरहेको एक प्रहरीले बताए । विहिबार राती करिब १ बजेको समयमा नाबालिकलाई आफ्नै घरबाट बोलाएर होटलमा लगी बलात्कार गरेको भन्दै पीडित नाबालिकले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले मुद्दा दर्ता गरिसकेको र अनुसन्धान अगाडि बढाएको छ । १४ बर्षिय नाबालिकसँग २२ वर्षीय युवकले होटलमा लगेर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उक्त होटलमा पुगी मुचुल्का उठाएका थिए । तर अहिलेसम्म होटल भने बन्द गराउन सकेको छैनन् । यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहे

प्रतिक्रिया दिनुहोस

आफन्त नेपालको ४१८३ ज ...

कपिलवस्तु, जेष्ठ २२ । जिल्लाको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु शाखाले स्थानीय निकायहरू संगको ...

विश्व वातावरण दिवस–२ ...

रहमुल लहान, २२ जेठ । विश्व वातावरण दिवस–२०२६ को अवसरमा सिरहाको लहानस्थित राजदेवी वन क्षेत्रमा ...

डिआईजीको नाममा धाक, ...

रंजित चौरसिया, वीरगंज २२ जेठ । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१