विनोद मण्डल दादागिरी शैलीमा पानीको निकास थुनियो सडक भए खोला फोटो र भिडियो सहित

  • साउन १९, २०७९
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १९ । सिराहाको धनगढीमाई ३ कुर्वा हनुमाननगर स्थित लक्ष्मीपुर पतारी सडक खण्डमा रहेको होम पाइपबाट निकास हुने पानीको निकास दादागिरी शैलीमा स्थानियले थुने पछि स्थानिय किसानको जग्गा डुवानमा परेको छ । पानीको निकास सडकको पक्षिमी छेउमा स्थानीयले दादागिरी शैलीमा थुने पछि पूर्वतर्फको खेतमा अत्यधिक पानी जमेर खेत बाझोमा परिणत भएको छ भने होम पाइपको करिब १०० मीटर दक्षिणमा पानीको बहावले मुख्य सडकमा क्षति पुर्याउँदा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको छ । बाटोमा सामान्य तरिकाले ग्रावेल हालेर खडेरीको समयमा तत्कालीन रूपमा स्थानियको आँखा नगरपालिकाले त छोपे तर साउनको वर्षाले माटो बगाउँदा सडक खोलामा परिणत भएपछि अत्यधिक सवारी साधनहरुको चाप रहेको उक्त सडकमा खोलो बगेको ठाउँमा आएपछि गाडी धकेलेर पार गर्नु पर्ने बाध्यता रहेको पाइन्छ । बाटोको कारण यात्रु चढाउने ओराल्ने झन्झट खेपिरहेका स्थानियले धनगढीमाई नगरपालिकालाई जानकारी गराउँदा पनि खासै ध्यान नदिएको स्थानियको आरोप रहेको छ । उक्त ठाउँमा रहेको होम पाइपबाट पानीको निकास थुन्ने व्यक्तिलाई राजनीतिक सँरक्षण रहेको स्थानियको आरोप समेत रहेको अवस्थामा प्रसासनीक निकायले पानीको निकास खोलेर स्थानिय समस्याको समाधानमा ध्यानाकर्षण गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१