Siraha Times
ताजा समाचार

लहानमा मधेशी दलित अगुवा तथा बुद्धिजीवीहरुको गोष्ठी सम्पन्न

  • साउन १८, २०७९
  • ११९७ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान। सिरहाको लहानमा शनिबार प्रदेश स्तरीय दलित अधिकारकर्मी र बुद्धिजीवीहरुको गोष्ठी  सम्पन्न  भएको छ । दलित एकता समाज द्वारा आयोजना गरिएको  सो  गोष्ठीमा मधेसी दलित समुदायका  वर्तमान अवस्था , मुद्दा ,चुनौती ,अवसर  र आवश्यक  रणनीति  सम्बन्धमा छ्लफल भएको हो । कार्यक्रममा दलित अगुवा तथा पत्रकार  भोला  पासवानले राजनितीक क्षेत्रमा दलितहरुको सहभागिता पहिलेको तुलनामा जति हुनुपर्ने हाे अहिले त्यती नरहेको  बताएउनुभयो । कार्यक्रममा दलित अगुवा चन्देश्वर दासले नेपालको संविधानले छुवाछूतमुक्त राष्ट्रिय  घोषणा गरेतापनी कानुनी  रूपमा  कर्यान्वयन हुन सकेको छैन जसको  जल्दोबल्दो उदाहरण अन्तरजातीय विवाह पनि  हो कतिपयले ठाँउमा अन्तर जातीय विवाह पश्चात् घर परिवार र समाजले स्वीकार्न  नसकेपछी   छुट्टीनु पर्ने बाध्यता शृजाना भएको  जानकारी गराउनु भयो ।

दलित समुदायको विद्वान र बुद्धिजिबिहरु विचमा भेटघाट तथा छलफल गर्ने  उदेश्यले कार्यक्रमको आयोजना  गरिएको  थियोे । कार्यक्रमको उदेश्य माथी प्रकाश्  अरबिन्द महराले पार्नु  भएको  थियोे  भने स्वागत  मन्तव्य मोहन  पासवानले राख्नु  भएको  थियो । कार्यक्रम संचालन सुरेन्द्र  राम र मुन्द्रीका मणडलले गर्नु  भएको  थियोे । दलित  अधिकारकर्मी  नथुनी मोची को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा दलित अधिकारकर्मी , शिक्षक , समाजसेवी , पत्रकार ,सरोकारबाला , बुद्धिजीवी ,लगायत ५० जना भन्दा बढीको सहभागिता रहेको  थियो ।

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१