Siraha Times
ताजा समाचार

क्षतिको विवरण संकलन गर्न पुगे नवलपरासी यूवा समाज

  • साउन १६, २०७९
  • १६२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १६ कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । गत रातिको अविरल वर्षा सँगै आएको हावहुरीका कारण देशका विभिन्न भागमा क्षती भएको अनुमान गरिएको छ । अतिवृष्टि र अनावृष्टिको कारण आम मानिसको जीवन कष्टमय भएको अवस्थामा मानिसका सास्तीहरु पनि घरी घरी बदलिरहेको पाइन्छ । देशमा राजनीतिक उतार चढाव भइरहेको कारणले जनता छटपटाइरहेको अवस्थामा जनताको जनप्रतिनिधिहरु जनताको समस्याको बारेमा बेखवर हुनु नौलो विषय होइन । प्राकृतिक विपत्तिका कारण जनता एकातिर बिभिन्न किसिमका रोगले पीडित भइरहेको अवस्था रहेको पाइन्छ भने अर्कोतिर भारी वर्षाको सामाना पनि गर्नु परिरहेको छ । गत राति वर्षाका कारण नवलपरासीको पाल्हिनन्दन १ महेशपुर स्थित एक घर भत्किदा एक जना सामान्य घाइते भएका छन् । वर्षाका कारण घरमा सुतिरहेका चाने हरिजन घर भत्किदा घरमा चेपिएर उनको हात भाँचिएको छ भने उनका बुहारी पनि घाइते भएको पारिवारिक स्रोतले जनाएको छ । भएको कच्ची घर भत्किए पछि यतिबेला हरिजन परिवारमा ठूलो बज्रपात भएको छ । अत्यन्त दयनिय आर्थिक अवस्था रहेको हरिजन परिवारको घर भत्किए पछि नवलपरासी यूवा समाजका अध्यक्ष दय धर्मेन्द्र गिरी र नरेन्द्र मिश्रा स्थलगत अनुगमन गरी क्षतिको विवरण संकलन गर्नु भएको छ । भएको घर वर्षाले भत्किए पछि हरिजन परिवार यतिबेला विच्चलीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१