ताजा समाचार

क्षतिको विवरण संकलन गर्न पुगे नवलपरासी यूवा समाज

  • साउन १६, २०७९
  • १७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १६ कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । गत रातिको अविरल वर्षा सँगै आएको हावहुरीका कारण देशका विभिन्न भागमा क्षती भएको अनुमान गरिएको छ । अतिवृष्टि र अनावृष्टिको कारण आम मानिसको जीवन कष्टमय भएको अवस्थामा मानिसका सास्तीहरु पनि घरी घरी बदलिरहेको पाइन्छ । देशमा राजनीतिक उतार चढाव भइरहेको कारणले जनता छटपटाइरहेको अवस्थामा जनताको जनप्रतिनिधिहरु जनताको समस्याको बारेमा बेखवर हुनु नौलो विषय होइन । प्राकृतिक विपत्तिका कारण जनता एकातिर बिभिन्न किसिमका रोगले पीडित भइरहेको अवस्था रहेको पाइन्छ भने अर्कोतिर भारी वर्षाको सामाना पनि गर्नु परिरहेको छ । गत राति वर्षाका कारण नवलपरासीको पाल्हिनन्दन १ महेशपुर स्थित एक घर भत्किदा एक जना सामान्य घाइते भएका छन् । वर्षाका कारण घरमा सुतिरहेका चाने हरिजन घर भत्किदा घरमा चेपिएर उनको हात भाँचिएको छ भने उनका बुहारी पनि घाइते भएको पारिवारिक स्रोतले जनाएको छ । भएको कच्ची घर भत्किए पछि यतिबेला हरिजन परिवारमा ठूलो बज्रपात भएको छ । अत्यन्त दयनिय आर्थिक अवस्था रहेको हरिजन परिवारको घर भत्किए पछि नवलपरासी यूवा समाजका अध्यक्ष दय धर्मेन्द्र गिरी र नरेन्द्र मिश्रा स्थलगत अनुगमन गरी क्षतिको विवरण संकलन गर्नु भएको छ । भएको घर वर्षाले भत्किए पछि हरिजन परिवार यतिबेला विच्चलीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤