Siraha Times
ताजा समाचार

किसानलाई खाद मलकाे कोसेढुङ्गा तय गर्नुपर्ने बाध्यता

  • साउन ८, २०७९
  • ११५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । सरकारले विक्रम सम्वत २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट निर्णय पारित गर्दै २०६२ सालदेखि अषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । करीब ८० लाख जमीनमा हुने धान खेतीको २९ प्रतिशत जमीनमा मात्र सिँचाइ सुविधा रहेको पाइन्छ । कागजमा सीमित कृषि प्रधान देशमा समयमा किसानले मल खाद नपाउनु विडम्बना रहेको छ । सीमित भौगोलिक क्षेत्रलाई मध्यनजर राख्दै सरकारले आषाढ़ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा देशका सबै भूभागको लागि लागू नहुनसक्छ । तराईका अधिकांश भूभागमा यतिबेला रोपाइँ भइसकेको अवस्था रहेको पाइन्छ भने खाउरको रोपाइँ बल्ल साउन देखि शुरू हुन्छ । दही चिउरा खाएर धान खेतमा हिलो छ्यापेर मजाक उडाउनेहरुले तिनै किसानको सास्तीलाई बुझ्ने कोशिस गर्दैनन् । कृषि तथा सहकारी मन्त्रालयले राष्ट्रमा आषाढ़ १५ लाई किसानको मनोबल उच्च बनाउने हेतुले कम्मर कसेर धान दिवस मनाउँदै आएको अवस्थामा १९ औं धान दिवस " धान रोपौ , खाद्यान्नमा आत्मनिर्भर बनौ " भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाएका छन् भने वास्तविक किसानको हालसम्म पहिचान भने हुन् सकेको छैन ।

विभिन्न कार्यक्रम गरेर किसानको मनोबल बढाइन्छ तर धान रोपिसकेपछि पनि किसानको संघर्षका दिनहरू सकिदैँन । धानबालीमा राखिने मल खादको सहज प्राप्तिको अभाव एकातिर रहेको छ भने अर्कोतिर धान काट्ने बेलामा प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने अवस्थाको खयाल पनि किसानले बेलामैं गर्नुपर्ने अवस्थाको सिर्जना विगतको अविरल वर्षाले सिकाएको छ । किसानको मर्म सरकारले कहिलेसम्म बुझ्ने ? सहतापूर्वक किसानले कहिले कृषिमा अनुदान लगायतको वस्तुहरू पाउने ? हरेक किसिमको समस्याको सामना गर्दै अगाडि बढिरहेका किसानको समस्याको समाधान खोजिनु उत्तम विकल्प होला ।

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१