ताजा समाचार

घरेलु एम्बुलेन्स मार्फत बिरामीको उपचार

  • साउन ८, २०७९
  • १३७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ मा वर्षाको समयमा घरेलु एम्बुलेन्स अर्थात् झोलुङ्गेमार्फत बिरामीको उपचारमा लाने चलन यथावत रहेको पाइन्छ । दुर्गम बस्तीको रूपमा परिचित दलमे, खुट्टी, महाजनी, मैनी खोला , गागन लगायतको बस्तीहरूमा बाटोघाटोको अभाबको कारण मानविय जीवन वर्षाकालमा कष्टमय हुने गरेको स्थानियले बताएका छन् । 

पूर्वपक्षीम राजमार्ग देखि करिब २० किलोमीटरको दूरीमा रहेको यस ठाउँमा भएको बाटोघाटोलाई बर्सेनि बाढी पानीले बगाउँदा करिब ४ महिनासम्म यहाँका जनताले कष्टमय जीवन बिताउने गरेको छ । सामान्य बिरामी पर्दा पनि औषधी अभावमा स्थानियहरुले स्थानिय बजार धनगढीसम्म आइपुग्न करिब ४ घण्टाको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता रहेको पाइन्छ । जिरोमाईल देखि हाथीढुङ्गा सम्म बनाइएको बाटोको कालोपत्रे र मर्मत सम्भार नहुँदा स्थानियले सास्ती भोग्न विवस भएको छ । सडकलाई वर्षाले असर गर्दा संभावित जोखिमबाट बच्न केवल मानविय साधन नै एक मात्र विकल्प रहेकाे हुनाले स्थानीयमा बिगतमा रहिआएको सास्तीमा कमी आएको छैन । 

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤