Siraha Times
ताजा समाचार

सवारी दुर्घनामा परी एक बालिकाको मृत्यू

  • साउन ७, २०७९
  • ११७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ७ । सिराहाको कर्जनहा नगरपालिका वडा नं ३ स्थित पूर्व पश्चिम राजमार्गको पछिमबाट पूर्व तर्फ जाँदै गरेको प्र.२-०१-००१ च ०३२७ नं.को पिकअप भ्यानले बाटो क्रस गर्ने क्रममा तत्काल नाम थर वतन नखुलेको अन्दाजी करीब.१३/१४ बर्षकी एक बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते बालिकालाई तत्काल उपचारको लागी स्थानिय फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो । उपचारको क्रममा करीब ४ बजेको समयमा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको छानबिन गर्न प्र.ना.उ हरि बहादुर वली लगाएतको टोली खटी गई लाशजाँच प्रकृती मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरि लाश पोष्टमार्टमको लागि रा.उ.स्मारक अस्पताल लहान पठाई लाश शव गृहमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ । मृतक लाशकाे सनाखत गराउनु पर्ने भएकोले बालिकाको लिखित तथा मौखिक कुनै जानकारी प्राप्त भएको भए सम्बन्धित व्यक्तिलाई प्रहरी कार्यालयमा मिर्चैया वा यस कार्यालयको सम्पर्क नं.९८५२८९००४२ मा सम्पर्क राख्ने गरी पठाईदिन मिर्चैया प्रहरीले अनुरोध गरेकाे छ । हुलियाः- सेतो कुर्ता,निलो आकाशे रंगको सुरुवाल लगाएकी,उचाई अं. ५ फिट भएकी,नामथर वतन नखुलेकी हेर्दा अं.बर्ष १३/१४ कि बालिका ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१